भाटभटेनीका सञ्चालक गुरुङसँग विशेष अदालतले २ करोड धरौटी माग्यो



काठमाडौं । बालुवाटारस्थित सरकारी जग्गा प्रकरणमा मुछिएका भाटभटेनी डिपार्टमेन्टल स्टोरका सञ्चालक मीनबहादुर गुरुङलाई विशेष अदालतले २ करोड रुपैयाँ धरौटी माग गरेको छ । बालुवाटारमा रहेको ११३ रोपनी सरकारी जग्गा विभिन्न व्यक्तिका नाममा दर्ता गर्ने काममा संलग्न भएको आरोपमा गुरुङविरुद्ध मुद्दा दर्ता भएको थियो ।

बुधबार विषेश अदालतका न्यायाधीशहरु प्रेमराज कार्की र अब्दुल अजिज मुसलमानको संयुक्त इजलासले बहसपछि गुरुङसँग धरौटी माग गरेको हो । धरौटी बुझाउन नसके उनी जेल जानेछन् ।

बालुवाटारको जग्गा खरिद बिक्रीमा गुरुङसँगै छोरा कल्याण गुरुङ, छोरी तथा भाइ र बुहारी समेतको संलग्नता पाइएको थियो । गुरुङले ८ जनालाई बालुवाटारको जग्गा बिक्री गरेका थिए ।


क्लिकमान्डु