प्रचण्ड–नेपाल समूहले भोलि आम हड्ताल गर्ने, परीक्षार्थीले प्रवेश पत्र देखाएर हिँड्न पाउने



काठमाडौं । नेकपा प्रचण्ड-नेपाल समूहले भोलि बिहीबार आम हड्ताल गर्दैछ । संवैधानिक आयोगका पदाधिकारीहरुको नियुक्तको विरोधमा उक्त समूहले भोलि आम हड्ताल गर्ने आज पत्रकार सम्मेलन गरी जानकारी दिएको छ ।

समूहका प्रवक्ता नारायणकाजी श्रेष्ठले आम हड्तालको समयमा परीक्षार्थीले प्रवेश पत्र देखाएर सवारी साधन गुडाउन पाउने जानकारी दिए ।

‘यो बलमिँच्याइ र जबरजस्ती निरंकुशताको परकाष्ठ हो,’ नारायणकाजीले भने, ‘प्रतिनिधिसभा बिघटन र संवैधानिक आयोगमा नियुक्त असंवैधानिक भएकाले हामी आम अड्ताल गर्न बाध्य भयौं ।’


क्लिकमान्डु