प्रचण्ड-नेपाल समूहले बिहीबार आम हड्ताल गर्ने



काठमाडौं । संवैधानिक निकायका कानून विपरीत नियुक्त गरेको भन्दै नेकपाको प्रचण्ड–नेपाल समूहले बिहीबार आम हड्ताल घोषणा गरेको छ ।

आज हड्ताललगायतका संघर्षका थप कार्यक्रम घोषणा गर्न केहीबेरमा पत्रकार सम्मेलन आयोजना गर्न लागिएको नेकपाका नेता विष्णु रिजालले जानकारी दिए ।

पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा राखिएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्तलगायत अन्य संवैधानिक आयोगका पदाधिकारीको नियुक्तसँगै पद तथा गोपनियताको शपथ गराइएको थियो ।

संसदीय सुनुवाई नभएकालाई नियुक्त गर्नुहुन्न भन्ने माग पनि आएको थियो । यस्तै, केहीको शैक्षिक योग्यताको विषयमा समेत प्रश्न उठेको छ ।


क्लिकमान्डु