जसले कोरोना पीडितका लागि सवा ५ अर्ब चन्दा उठाए, उनलाई कोरोनाले लग्यो



एजेन्सी । कोरोनाबाट तवाह भएको मानव समाजलाई जोगाउन एक बेलायती सैनिकका पूर्व कर्नेलले ५ अर्ब २४ करोड ४९ लाख बराबरको स्रोत जुटाए ।

उनी चाहन्थे, कोरोनाका कारण कोही कसैले पनि अकालमा जीवन त्याग्नु नपरोस् । उनले सबैलाई आग्रह गरे र आर्थिक स्रोत जुटाए । उनको आग्रहलाई धेरैले स्वीकार गरे र सहयोग पनि गरे ।

उनको आग्रहका कारण खर्चको अभावमा उपचार पाउन नसकेका बेलायती नागरिकले कोरोना विरुद्धको लडाईमा उपचार समेत पाए । तर, अरुका लागि सहयोग जुटाउँदै हिडेका बेलायती सेनाका पूर्व कर्नेल सर टम मुरको भने कोरोनाकाकै कारण निधन भएको छ ।

बेलायती सञ्चार माध्यमहरुका अनुसार उनले ३.३ करोड पाउण्ड बराबरको सहयोग जुटाएका थिए ।विशेष गरी सरकारी अस्पतालमा उपचार गर्न आउनेका लागि सो रकम खर्च गर्ने उनको योजना थियो ।

सोही अनुसार काम पनि भइरहेको थियो । तर, अरुका लागि सहयोग जुटाउन लागिपरेका मुरको भने कोरोनाकै कारण निधन भयो ।

श्वास फर्ने असजिलो भएपछि उनलाई आइतबार एक अस्पतालमा भर्ना गरिएको थियो । उनकी छोरी हेना इंग्राम मुरका अनुसार पछिल्लो सातामा नै उनलाई श्वास फर्ने गाह्रो भएको थियो ।

असाध्यै दुःखका साथ भन्नुपर्छ, हामीले हाम्रा पिता गुमाएका छौ । हामीलाई यस अर्थमा खुसी पनि लागेको छ कि उनको जीवनको अन्तिम समयमा हामी उनको साथमा रहन सक्यौ । उनका छोरीहरुले बाल्यकालमा आफनो आमासँग जोडिएका यादहरुका बारेमा पनि बताएका छन् ।

उनको १००औं जन्मदिनको अवसरमा बेलायती सेनाले विशेष सम्मान समारोहको समेत आयोजना गरेको थियो । बेलायती महारानीसँग पनि उनको पारिवारिक सम्बन्ध थियो ।

बेलायती प्रधानमन्त्री जोन्सनले टम मुरको निधनप्रति दुःख व्यक्त गर्दै शोक सन्देश समेत पठाएका छन् ।


क्लिकमान्डु