सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घट्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला ६ सय रुपैयाँले घटेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँमा कायम भएको सुनको मूल्य सोमबार घटेर ९२ हजार रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको मूल्य प्रतितोला ९१ हजार ५ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १३ सय २० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु