कृषि बैंक र कीर्तिपुर नगरपालिकाबीच बैंकिङ कारोबार गर्ने सम्झौता



काठमाडौं । कृषि विकास बैंक र कीर्तिपुर नगरपालिकाबीच बैंकिङ कारोबार गर्नका लागि सम्झौता भएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्याय र कीर्तिपुर नगरपालिकाको तर्फबाट नगर प्रमुख रमेश महर्जनले सम्झौतामा हस्ताक्षर गरे ।

देशको पुरानो बैंक र राजनैतिक तथा प्रशासनिक महत्व राख्ने पुरानो नगरपालिकाबीच बैंकिङ कारोवार गर्ने सम्झौताले नगरपालिकाको बैंकिङ कारोबारमा सहजता हुनुका साथै स्थानीय आमजनसमूदायलाई बैंकिङ कारोबार गर्न थप सुविधा पुग्नेछ ।

उक्त सम्झौता कार्यक्रमाका सिलसिलामा ५ वर्षे सम्झौता पत्र आदनप्रदान गर्दै नगर प्रमुख रमेश महर्जनले भने, ‘सहकार्यले दुबै संस्थालाई एक ठाँउमा ल्याएको छ, यसको लाभ स्वभाविकरुपमा दुबैलाई मिल्छ ।’

बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले पुरानो तथा किसानको बाहुल्यता रहेको नगरपालिकासँग प्रत्यक्षरुपमा जोडिन पाउँदा संस्था गौरवान्ति भएको बताए ।

पाँच वर्षको लागि भएको सम्झौतामा बैंकले नगरपालिकाको सम्पूर्ण सरकारी कारोबार गर्नेछ । नगरपालिकाका स्थायी कर्मचारीलाई बिना धितो १५ लाखसम्म तलबी खाता कर्जा तथा सापट उपलब्ध गराउने छ ।


क्लिकमान्डु