२३ गते हुने सवारी चालक अनुमतिपत्रको परीक्षा स्थगित
काठमाडौं । सवारी चालक अनुमति पत्रको लिखित तथा प्रयोगात्मक परिक्षा स्थगित गर्ने भएको छ । यही माघ २३ गते विभिन्न राजनैतिक दलहरूका उपत्यकाका विभिन्न स्थानहरूमा विरोध कार्यक्रमहरू तथा भीभीआइपी÷भीआइपीहरूको आवागमन कार्यक्रमहरू भएकाले परिक्षा स्थगित गर्ने भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।
प्रहरी महाशाखाका अनुसार उक्त कार्यक्रमका लागि ट्राफिक व्यवस्थापनमा अधिकतम जनशक्ति खटाउनुपर्ने भएकाले उक्त मितिमा कार्यालयबाट हुने सवारी चालक अनुमतीपत्रको लिखित तथा प्रयोगात्क परिक्षा स्थगीत हुने उल्लेख गरेको छ ।
साथै, प्रहरी महाशाखाले उपत्यकाका कार्यालय ललितपुर, चावहिल, जगाती भक्तपुर र ठूलो भ¥याङ यातायात व्यवस्था कार्यालयको परिक्षा स्थगित गर्न यातायात व्यवस्था विभागलाई अनुरोध गरेको छ ।