भूमि सम्बन्धी समस्या समाधान आयोगका लागि ७७ वटै जिल्लामा तोकियो अध्यक्ष र सदस्य (सूचीसहित)



काठमाडौं । सरकारले भूमि सम्बन्धी समस्या समाधान गरी भूमिहीन नागरिकलाई जग्गा उपलब्ध गराउन ७७ वटै जिल्लामा समिति गठन गरेको छ । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले एक सूचना जारी गर्दै ७७ वटै जिल्लामा अध्यक्ष र सदस्य मनोनयन गरेको जनाएको छ ।

सरकारले भूमी सम्बन्धि समस्या समाधान आयोग गठन आदेश २०७६, को दफा ८ को उपदफा (१) बमोजिमको जिल्ला समितिमा सोही उपदफाको खण्ड (क) बमोजिमको अध्यक्ष र खण्ड (ख) बमोजिमको सदस्यलाई भूमी व्यवस्था मन्त्रालयको सिफारिसमा १५ गतेको मन्त्रिपरिषद् बैठकले ७७ जिल्लामा अध्यक्ष र सदस्य मनोनयन गरेको हो ।

मन्त्रालयको सुचना अनुसार सरकारले ७७ जिल्लामा अध्यक्ष र २ सदस्य गरी २ सय ३१ जना जिल्ला समितिका पदाधिकारी नियुक्त गरेको छ ।


क्लिकमान्डु