तिनाउ मिसन डेभलपमेण्ट बैंकको नयाँ शाखा दाङको लमहीमा



काठमाडौं । तिनाउ मिसन डेभलपमेण्ट बैंक लिमिटेडले दाङको लमहीमा नयाँ शाखा बिस्तार गरेको छ । बुटवलमा केन्द्रीय कार्यालय रहेको विकास बैंकले दाङ जिल्लाको लमही ५, लमही, बजारटोलमा एक कार्यक्रम गरी विकास बैंक सञ्चालक समितका अध्यक्ष जीवन प्रसाद ओझाले उद्घाटन गरे ।

शाखा उद्घाटनको अवसरमा बैंकले उक्त क्षेत्रमा रहेका श्री आदर्श माध्यमिक विद्यालय र खिमबहादूर शाह माध्यमिक विद्यालय कोलहीका छात्र तथा छात्रा गरी ४ जना विद्यार्थीहरुलाई नगद तथा स्टेशनरी सामग्री प्रदान गरेको थियो ।

१७ अर्ब ७१ करोड निक्षेप संकलन गरी १३ अर्ब ४४ करोड कर्जा लगानी गरेको बैकले १५ वटा एटिम बाट सेवा दिइरहेको छ । यस विकास बैंकलाई सिटिजन्स बैंक इन्टरनेसनलले गाभ्नका लागि अन्तिम सम्झौता पत्रमा हस्ताक्षर गरिसकेको छ ।

विकास बैंकको गत माघ १५ गते सम्पन्न साधारणसभाबाट सिटिजन्स बैंक ईन्टरनेसनलमा गाभिने सम्वन्धी विषेश प्रस्ताव सर्वसम्तले स्वीकृत भइसकेको छ । नेपाल राष्ट्र बैंकले स्वीकृती दिएपछि सिटिजन्स बैंक इन्टरनेशनलको नामबाट एकीकृत कारोबार हुनेछ ।


क्लिकमान्डु