भिभोको वाइ १२ एस मोबाइलको प्रि-बुकिङ फेब्रुअरी १ देखि १३ सम्म, बुकिङ गर्नेलाई १ हजार छुट



काठमाडौं । भिभो मोबाइलको नेसनल डिष्ट्रिब्यूटरले सोमबार राजधानीमा रिजनल डिष्ट्रिब्यूटरको भेला आयोजना गरेको छ । जसमा भिभो नेपालका सीइओ मार्स र भिभो नेपालका सेल्स हेड एन्डीले न्यूरोडमा रहेको भिभो मोबाइलका ५० जना रिटेलरलाई प्रि-बुकिङबारे जानकारी गराएका थिए ।

एपेक्स लिंक प्रालिका सेल्स हेल्ड कुनाल सिंहले कार्यक्रममा भिभोको नयाँ मोबाइल वाई १२ एस मोबाइलको प्रि बुकिङ कसरी गर्ने भन्ने विषयमा जानकारी गराइएको जानकारी दिए ।

उनका अनुसार अनुसार आगामी फेब्रुअरी १ देखि १३ तारिखसम्म प्रि-बुकिङ गर्ने ग्राहकले मोबाइलमा एक हजार रुपैयाँ छुट पाउनेछन् ।

त्यसबाहेक अनलाइन र अफलाइनबाट प्रि-बुकिङ गर्ने ग्राहकहरुले लक्की ड्रमा पनि सहभागी हुन पाउनेछन् । लक्की ड्र फेब्रुअरी १४ मा गरिनेछ ।

जसमा अनलाइनबाट प्रि-बुकिङ गर्ने ३ जना ग्राहकले वाई १२ एस मोबाइल, १०० जना ग्राहकले २५ सय रुपैयाँ बराबरको उपहार तथा ५०० जना ग्राहकले निशुल्क स्क्रिन रिप्लेसमेन्टको सुविधा पाउनेछन् । त्यसैगरी अफलाइनबाट बुकिङ गर्ने ग्राहक २५० जनाले भिभो ब्याग, एक जनाले स्मार्ट टिभी र एक जनाले वाई १२ एस स्मार्टफोन उपहार पाउने एपेक्स मनोकामनाका बिजनेस हेड सुशिल न्याैपानेले जानकारी दिए ।

भिभो वाई १२ एस मोबाइलको मूल्य १७ हजार ९९९ रुपैयाँ पर्छ । जसमा ६.५१ इञ्चको डिस्प्ले, एमटी ६७६५ चिप, ३ जीबीको मेमोरी हुनेछ भने ३२ जीबीसम्म मेमोरी थप गर्न सकिनेछ । मोबायइलमा ८ एमपीको फ्रन्ट क्यामरा र १३ प्लस एमपीको मुख्य क्यामरा हुनेछ । मोबाइलमा ५००० मेगाहर्ज क्षमताको ब्याट्री छ ।


क्लिकमान्डु