भारतीय बजेटः यो वर्ष नेपालले १५ अर्ब ८७ करोड नेपाली रुपैयाँ अनुदान पाउने



काठमाडौं । भारतले नेपाललाई दिने अनुदान बढाएको छ । भारतीय वित्तमन्त्री निर्मला सीतारमणले ल्याएको बजेटमा यो वर्षको लागि ९ अर्ब ९२ करोड भारतीय रुपैयाँ अनुदान दिने घोषणा गरेकी छन् । नेपाली रुपैयाँमा यो रकम १५ अर्ब ८७ करोड रुपैयाँ हो ।

गतवर्ष भने भारत सरकारले नेपाललाई ८ अर्ब ८० करोड अनुदान दिएको थियो । गतवर्षको तुलनामा भारतले नेपाललाई दिने अनुदान रकम १ अर्ब १२ करोड रुपैयाँले बढाएको हो । यद्यपी अनुदान रकम भने २ वर्ष अगाडिको तुलनामा कम हो ।

भारतले विगतमा जस्तै यो वर्ष पनि सबैभन्दा बढी अनुदान भुटानलाई दिने छ । भुटानलाई ३० अर्ब रुपैयाँ अनुदान दिने छ । भारतले दक्षिण एशियामा श्रीलंका र बंगालदेशंलाई २अर्ब, अफगानिस्तानलाई ३ अर्ब ५० करोड रुपैयाँ अनुदान दिने छ ।


क्लिकमान्डु