कृषि विकास बैंकको नयाँ शाखा पोखराको चिप्लेढुँगा नयाँ वजारमा



काठमाडौं । कृषि विकास बैंकले पोखाराको चिप्लेढुँगा नयाँ वजार आफ्नो नयाँ शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । बैंकका अध्यक्ष लक्ष्मीप्रपन्न निरौला र प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले सयुँक्त रुपमा रिवन काटेर सो शाखा कार्यालयको उदघाटन गरेका हुन् ।

बैंकले सो कार्यालयसँगै बैंकको हाता भित्र रहेको एटीएम सेवाको समेृत सोही दिन उदघाटन गरेको छ । सो अवसरमा अध्यक्ष लक्ष्मीप्रपन्न निरौलाले कृषि क्षेत्रको विकासमा निजी क्षेत्रसँग सहकार्य गरेर अगाडी वढन तयार रहेको तथा बैंकवाट सुनदेखि नुनसम्म, हलो देखि हाईड्रो सम्म लगानी भईरहेको जानकारी दिए । हाल वित्तिय वजारमा उपलब्ध सम्पुर्ण अत्याधुनिक बैंकिङ्ग सुविधाहरुको उपलब्धता यस बैकसँग रहेकोले सेवा लिन सबैलाई आग्रह गरेका थिए ।

उदघाटन मन्तब्य राख्र्दै बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायल हाल प्रचलनमा रहेका बैंकिङ्ग क्षेत्रका सम्पुर्ण प्रोडक्टहरु, बैंकले उपलब्ध गराउदै आएकोले सेवा गर्ने मौका प्रदान गर्न आग्रह सबैलाई गरेका थिए ।


क्लिकमान्डु