ओमानमा पनि सिटी एक्सप्रेस मनी ट्रान्सफरमार्फत् पैसा पठाउन सकिने



काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले ओमानमा समेत सेवा बिस्तार गरेको छ । अब ओमानमा रहेको नेपालीहरुले सिटी एक्सप्रेसमार्फत् रकम नेपाल पठाउन सक्नेछन् ।

ओमानको ख्यातिप्राप्त मोर्डन एक्सचेञ्ज को एलएलसी र सिटी एक्सप्रेस मनी ट्रान्सफरबीच रेमिट्यान्स कारोबार शुरु भएको छ ।

ओमानमा रहने नेपालीहरुले उक्त कम्पनीको सेवा प्रयोग गरी सिटी एक्सप्रेसमार्फत् सजिलै आफ्नो आफन्तलाई नेपालमा पैसा पठाउन सक्नेछन् ।

नेपालमा सिटी एक्सप्रेससँग आबद्ध १० हजारभन्दा बढी एजेन्टबाट सजिलै भुक्तानी लिन सकिने, नेपालको जुनसुकै बैंकको खातामा रकम जम्मा गर्न र मोबाइल वालेटमा लोड गर्न सकिने छ ।

सम्झौतामा सिटी एक्सप्रेसका तर्फबाट सिटी एक्सप्रेस मनी ट्रान्सफरका प्रबन्ध निर्देशक चन्द्र टण्डन र मोर्डन एक्सचेञ्ज को एलएलसीको तर्फबाट प्रबन्ध निर्देशक होर्मुज्दा बी डाभारले हस्ताक्षर गरे ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै विगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ ।

आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढी भुक्तानी केन्द्रहरु मार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु