समृद्धि फाइनान्स २ वटा नयाँ शाखा बिस्तार



काठमाडौं । समृद्धि फाइनान्स कम्पनी लिमिटेडले पोखरा महानगरपालिका वडा नम्बर ४ स्थित चिप्लेढुङ्गा र भरतपुर महानगरपालिका वडा नम्बर १ स्थित मिलनरोड नारायणगढ नयाँ शाखा बिस्तार भएको छ ।

माघ १९ गतेदेखि नयाँ शाखाहरु सञ्चालनमा ल्याई कारोबार शुरु गरेको छ । उक्त नयाँ शाखाहरु सहित देशभरी संस्थाको शाखा सञ्जाल पाँचवटा पुगेको छ ।

संस्थाको आइपीएस, कनेक्ट आइपीएस, रेमिटान्स, एसएमएस अलर्ट, क्लियरिङ्ग लगायतका सेवाहरु सञ्चालनमा छ । फाइनान्सले उच्च ब्याजदरमा निक्षेप परिचालन गरिरहेको छ ।


क्लिकमान्डु