सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले बढ्यो



काठमाडौं । सोमबार नेपाली बजारमा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको छ । आइतबार छापावाल सुन प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा सोमबार ५ सय रुपैयाँले बढेर ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ ।

त्यसैगरी तेजावी सुनको मूल्य पनि ९१ हजार ६ सय रुपैयाँबाट ५ सय रुपैयाँले बढेर ९२ हजार १ सय रुपैयाँ कायम भएको छ । सोमबार चाँदीको मूल्य प्रतितोला १४०० रुपैयाँमा कारोबार भइरहेको छ ।


क्लिकमान्डु