बैंक अफ काठमाण्डूका ग्राहकले खल्तीमा लिंक गर्दा एक सय बोनससहित सिधै बैंकबाट भुक्तानी गर्न पाउने



काठमाडौं । बैंक अफ काठमाण्डूका ग्राहकले खल्ती डिजिटल वालेटमा आफ्नो बैंक खातालाई लिंक गर्दा १०० रुपैयाँको बोनससहित सिधै बैंकबाट भुक्तानी सुविधा पाउने भएका छन् ।

बैंकमा भएको आफ्नो खातालाई बैंकको मोबाइल बैकिङ सेवामा दर्ता भएको मोबाइल नम्बरबाट पहिलो पटक खल्ती वालेटमा लिंक गर्ना साथ तुरुन्तै १०० रुपैयाँ बोनस प्राप्त गर्ने सकिनेछ ।

यसरी खाता लिंक गर्दा पहिलो पटक मात्र बोनस सुविधा पाइने छ । यस बोनस योजनामा बैंक अफ काठमाण्डू लिमिटेडको मोबाइल बैंकिङको प्रयोगकर्ता महानुभावहरुले मात्र सहभागी हुन पाउनेछन् ।

ग्राहक महानुभावहरुले आफ्नो बैंक खातालाई खल्ती वालेटमा लिंक गरे पश्चात् उक्त वालेटमार्फत विभिन्न वस्तु तथा सेवाहरुको खरिद गर्न सक्नेछन् । साथै, बैंकका ग्राहकले वस्तु तथा सेवा खरिद पश्चात् सिधै बैंक खाताबाट भुक्तानी गर्न सक्नेछन् ।

बैंकले ९० वटा शाखा कार्यालय, ७८ वटा एटीएम र १० एक्स्टेन्सन काउन्टरबाट आफ्ना ग्राहकलाई बैंकिङ सुविधा प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु