सामसुङको एस २१ सिरिज सानिमा बैंकबाट शुन्य प्रतिशत ब्याजदरमा पाइने



काठमाडौं । सानिमा बैंकले सामसुङको एस २१ सिरिज खरिद गर्न निःशुल्क क्रेडिट कार्ड तथा शून्य ५ ब्याजदरमा मासिक किस्ताबन्दीको व्यवस्था गरेको छ । यसका लागि बैंकले नेपालमा सामसुङ मोबाइलको आधिकारिक वितरकहरु आइएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोजिनक्स प्रालिसँग सम्झौता गरेको हो ।

ग्राहकहरुले शून्य प्रतिशत ब्याजदरमा मासिक किस्ताबन्दी इएमआई सुबिधाका साथै निःशुल्क इएमई प्रशासनिक शुल्क र सामसुङको तर्फबाट आकर्षक प्री‐बुकिङ्ग उपहारहरुको पनि व्यवस्था गरिएको छ ।

सामसुङ एस २१ सिरिज को प्री‐बुकिङ्ग सुरु भइसकेको छ र ग्राहकहरुका लागि २०७७ माघ २३ गते बाट उपलब्ध हुने अपेक्षा गरिएको छ । ग्राहकहरुले आइएमएस स्मार्ट प्रालि र हिम इलेक्ट्रोनिक्सबाट विभिन्न आउटलेटबाट प्री‐बुकिङ्ग गर्न सक्नेछन् ।

सानिमा बैंकको क्रेडिट कार्ड अनलाइनबाट आवेदन दिनका लागि लगईन गरेर आवश्यक प्रक्रिया पुरा गर्नुपर्छ ।


क्लिकमान्डु