कलंकीमा कृषि बजार शुरु



काठमाडौं । कलंकीमा कृषि बजार शुरु भएको छ । कृषि तथा पशुपंक्षी विकासमन्त्री पद्माकुमारी अर्यालले तरकारी बजारको उद्घाटन गरिन् ।

कार्यक्रममा बोल्दै मन्त्री अर्यालले एकजनाले मात्रै उत्पादन गर्दा बजार खोज्दै हुनुपर्ने अवस्था हुने भन्दै सामूहिक चक्लाबन्दी मोडेलमा तरकारी, फलफूल उत्पादन गर्नुपर्ने बताइन । उनले किसानले उत्पादन गरेको वस्तुलाई गाउँमा संकलन केन्द्र मन्त्रालयले खोलिदिने बताइन ।

केन्द्रमा उत्पादन संकलन गर्ने र बजार पठाउन सहज हुने बताइन । कम्तीमा पनि यस्ता एक सय वटा बजारलाई पुग्नेगरी ठूला परिणाममा उत्पादन गर्नुपर्ने उनको भनाइ थियो ।

कलंकी कृषि बजारमा हाल ११५ वटा स्टल रहेका छन् । आगामी दिनमा त्यसलाई अझ बिस्तार गर्दै जाने उनले बताइन् ।


क्लिकमान्डु