सनराइज बैंकद्वारा गैह्रिधारा चोकमा ट्राफिक लाईट स्थापना



काठमाडौं । सनराइज बैंकले आफ्नो प्रधान कार्यालय अगाडी गैह्रिधारा चोकमा सेमी प्रोटेबल ट्राफिक लाईटको स्थापना गरी उद्घाटन गरेको छ ।

आज भएको उद्घाटन समारोहमा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल, ट्राफिक प्रहरी वरिष्ठ उपरिक्षक जनक भट्टराई र काठमाडौं वडा नं. १ का सचिव श्री अशोक कुमार श्रेष्ठले संयुक्त रुपमा उक्त लाईटको उद्घाटन गरे ।

उक्त कार्यक्रममा बोल्दै जनक शर्मा पौड्यालले बैंकले स्थापना गरेको यस ट्राफिक लाईटले यातायत व्यवस्थामा अझै सहजता ल्याउने र जनमानसमा नियमको पालना गर्ने मानसिकताको विकास गर्न मदत गर्ने साथै काठमाडौंलाई सुरक्षित, अनुशासित र सभ्य शहरको रुपमा अघि बढाउन मदत गर्ने जनाए ।

उक्त कार्यक्रममै ट्राफिक प्रहरीका प्रहरी वरिष्ठ उपरिक्षक जनक भटराईले यस्तो प्रविधियुक्त ट्राफिक लाईट काठमाडौंका चोक चोकमा राख्ने उद्देश्य राखेको र सन्राइज बैंकले सो उद्देश्यमा साथ दिई शहरको सभ्यताको परिचय विकास गर्न सहयोग पु¥याएकोमा धन्यवाद ज्ञापन गरे ।

सन्राइज बैंकले यस अघि पनि शिक्षा, स्वास्थ्य, वातावरण लगाएतका विभिन्न क्षेत्रहरुमा सामाजिक उत्तरदायित्व अन्र्तगत विभिन्न कार्यहरु गरिसकेको र आगामी दिनमा पनि गर्दै जाने छ ।


क्लिकमान्डु