नेपाल उद्योग वाणिज्य महासंघका ८ जना पूर्वअध्यक्षलाई तोकियो जिम्मेवारी



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघले पूर्वअध्यक्षहरुलाई जिम्मेवारी प्रदान गरेको छ । पूर्वअध्यक्षहरुको भूमिकाको उच्च मूल्यांकन गरी वर्तमान कार्यकारिणी समितिको कार्यकालमा जिम्मेवारी प्रदान गरिएको हो ।

जसअनुसार महासंघका निवर्तमान अध्यक्ष भवानी राणालाई सदस्यता समिति र नेपाल–भारत संयुक्त बिजनेस फोरमको जिम्मेवारी दिइएको छ । त्यसैगरी पूर्वअध्यक्षहर महेशलाल प्रधानलाई सल्लाहकार समितिमा , पद्यमज्योतिलाई व्यवसायिक आचार संहिता फोरममाm प्रदीपकुमार श्रेष्ठलाई कन्फेडेरेसन अफ एसिया प्यासिफिक चेम्बर अफ कमर्स एन्ड इन्डष्ट्रीको जिम्मेवारी दिइएको छ ।

त्यसैगरी पूर्वअध्यक्षहरु रविभक्त श्रेष्ठलाई अनुशासन समिति, विनोदबहादुर श्रेष्ठलाई नेपाल चीन गैर सरकारी कोअपरेसन फोरम, कुशकुमार जोेशीलाई विधान संशोधन समिति र सुरज बैद्यलाई अन्तर्राष्ट्रिय सम्बन्ध फोरमको जिम्मेवारी दिइएको हो ।
महासंघका अध्यक्ष शेखर गोल्छाले एक कार्यक्रमबीच औपचारिकरूपमा पत्र हस्तान्तरण गर्दै वर्तमान कार्यकारिणी समितिलाई पूर्वअध्यक्षबाट महत्वपूर्ण सल्लाह, सुझाव र सहयोग प्राप्त हुने विश्वास प्रकट गरे ।


क्लिकमान्डु