ताज होटलको जागिर गुमाएका युवाले घरमै खोले रेष्टुराँ, आम्दानी मासिक एक लाख



कोरोनाका कारण धेरैको रोजगारी गुम्यो । मानिसहरु आर्थिक समस्या परे । पछिल्लो एक विवरण अनुसार कोरोनाका कारण संसारभर झण्डै ५० करोड मानिसको रोजगारी गुमेको छ । त्यसले आर्थिक असमानता तथा मानिसका बीचमा अनावश्यक तनाव समेत सिर्जना भएको छ ।

मानिसलाई नयाँ नयाँ सोचका साथ काम गर्ने अवसर पनि प्रदान गरेको छ । परम्परागत तरिकाले काम गर्दै आएका मानिसलाई समेत नयाँ सोचका साथ काम गर्ने वातावरण पनि दिएको छ ।

भारतका अर्बपति मुकेश अम्बानीले १ घण्टामा कमाउने बराबरको तलब एउटा सामान्य कामदारलाई कमाउन समेत असाध्यै ठूलो समसय लाग्ने अवस्था सिर्जना भएको छ ।

यही सेरोफेरोमा भारतमा पछिल्लो पटक एक प्रतिष्ठित होटलमा काम गर्दै आएका एक युवाले रोजगारी गुमाएपछि आफनै काम गरेका छन् । सो कामले उनलाई राम्रै आम्दानी मात्रै दिएको छैन । आफनै काम गर्नुपर्छ भन्ने मान्यता समेत स्थापित गरिदिएको छ ।

भारतको प्रतिष्ठिन ताज होटलमा काम गर्ने एक युवाको कोरोनाका कारण रोजगारी गुम्यो । रोजगारी गुमेपछि उनले घरमा नै रेष्टुराँको काम शुरु गरे । आज उनले महिनामा १ लाख भारतीय रुपैयाँ आम्दानी गरिरहेका छन् ।

जम्मुका नरेश सराफले होटल म्यानेजमेन्टको पढाइ गरेका थिए । उनको सपना थियो, ताज होटलमा काम गर्ने । धेरै भारतीय युवाको रोजाइ जस्तै उनको पनि त्यस्तै सपना थियो, ताज होटलमा काम गर्ने । उनले सो होटलमा काम पनि पाए । उनको सपना पूरा भयो ।

किनकी नाम चलेको होटलमा काम गर्ने अवसर पाउनु आम भारतीयको चाहना जस्तै उनको पनि सपना पूरा भयो ।

तर कोरोनाले संसारलाई नै तवाह बनायो । मानिसहरु घरमै बन्दी जस्ता भए । अझै केही देशमा कोरोनाले समस्या खडा गरिरहेको नै छ । त्यसले अझै पनि मानिसलाई चैनको श्वास फेर्न दिएको छैन ।

ताज होटलको रोजगारी कोरोनाले खोसेपछि सराफले पनि आफनो घरमा नै रेष्टुराँ शुरु गरे । काम शुरु गरेको २ महिनामा नै उनले सफलता हासिल गर्न लागे ।

स्थानीय स्तरमा उनको राम्रै चर्चा पनि शुरु भयो । आज हरेक महिना उनले १ लाख भारतीय रुपैयाँ कमाई गर्छन । त्यसले उनलाई ताज होटलले दिएको भन्दा राम्रो आत्मसन्तुस्टि दिएको छ ।

उमेरले २३ वर्ष मात्रै भएका सराफका अनुसार होटल म्यानेजमेन्टको पढाइका क्रममा इन्टर्नसिप गर्नका लागि उनी जोधपुरको उमेद भवनमा गएका थिए । त्यहाँ उनले असाध्यै राम्रो काम गरे ।

उनको कामलाई लिएर त्यहाँको व्यवस्थापनले उनलाई नोटिस गरेका थिए । त्यहाँको व्यवस्थापनले उनको प्रोपाmइल बनार ताज होटलमा पठाइदिए । सन् २०२० को मार्चमा सराफ सो कामका लागि छानिए ।

सेप्टेम्बरमा उनले काम शुरु गरेका थिए । काम शुरु गरेको केही समयमा नै उनको जागिर गयो । त्यस अवसरमा खाली समयको उपयोग गरेर उनले केही रेसिपी पनि बनाए । त्यसपछि उनले केही भेज तथा नन भेज रेसिपी पनि बनाए । आफना नातेदार तथा आफन्तलाई पनि खुवाए ।

उनले बनाएको खाने कुरालाई नातेदार तथा आफन्तले पनि असाध्यै राम्रो माने । सबैले मन पराएका कारण उनले आफै रेस्टुराँ खोल्ने सोच बनाए ।

सराफले आट अफ बक्स नाम दिएर एक रेष्टुराँ शुरु गरे । उनले बनाएको खानेकराको स्वादमा नै केन्द्रित गरे । उनले भनेका छन्, ‘स्वादका पारखीहरुमा पुर्याउने कुरालाई नै मैले विशेष ध्यान केन्द्रित गरे । मानिसले चाहे अनुसारको स्वादमा खानेकुरा उपलब्ध गराउनुपर्छ भन्ने तर्फ विशेष ध्यान दिनु जरुरी छ ।’

सराफले विशेष प्रकारको मेन्यू समेत तयार पारे । त्यसमा नर्थ इन्डियन भेज, नन भेज, साउथ इन्डियन, गाली स्टाइलको फिस तथा किमा राजमा जस्ता खानेकुरा सामेल गरिएको छ । त्यसको साथमा युवालाई मन पर्ने खानेकुरामा समेत विशेष ध्यान दिए । त्यसमा कवाफ तथा बर्गर पनि बनाउन शुरु गरे ।

गत वर्षको नोभेम्बरमा उनले आफनो व्यापार शुरु गरेका थिए, घरमा नै । पहिले पहिले चिने जानेका मानिसले उनले बनाएका खाने कुरा खाए । पछि उनले सामाजिक सञ्जालको सहयोग लिए । उनले अलग प्लेटफर्ममा समूह नै बनाएर मानिसलाई जोडन थाले । उनले आफना खानेकुराको मेन्यू समेत सोसल मिडियामा राखेर सेयर गर्न थाले । त्यसले ग्राहकको संख्यामा बढोत्तरी हुन थाल्यो ।

उनका अनुसार हाम्रो ८० प्रतिशत बढी ग्राहक त्यही नै छन्, जसले उनको पहिलो पटक खानेकुराको अर्डर गरेका थिए । अर्थात् मानिसहरुले मेरो कामलाई मन पराए । त्यसले मेरो मनोबल समेत बढाइदियो । क्रमशः उनले होम डेलिभरी समेत शुरु गरेका छन् ।

सराफले घरको भान्छामा नै खाना तयार गर्छन् । अब उनले दुई प्रकारको व्यवस्था गरेका छन् । टेक अवे तथा होम डेभिलभरी दुवै प्रकारका सेवा उनको होम रेष्टुराँमा उपलब्ध छ ।

आफै गएर खाना लिएर घर जान सक्छन् भने आफैले घर घरमा समेत पुरयाउन सक्छन् । हरेक दिन ८ देखि १० वटा अर्डर आउने गरेको छ । त्यसमा बढी भन्दा बढी परिवारका लागि नै खानको अर्डर आउने गरेको छ । त्यसमा कूल १ हजार ५०० देखि २ हजार भारु बराबरको अर्डर रहने गरेको हुन्छ ।


सराफले आफूलाई बालककालमा जुन खानेकुरा मन पराउँथे, त्यसैलाई पनि ध्यान दिएका छन् । आफूलाई मन पर्ने खानेकुरा नै अरुका लागि पनि मन पर्न सक्छ भन्ने विषयलाई विशेष ध्यान दिइएको छ । त्यसमा ताजा तथा स्वादिलो खानेकुरा पनि उपलब्ध हुनुपर्छ ।

उनले एक नयाँ आइडिया पनि बनाएका छन् । त्यसलाई नै ब्राण्ड बनाउनुपर्छ । उनी भन्छन् , यो स्टार्टअपको जमाना हो । युवाका लागि त्यो नै महत्वपूर्ण बन्न पुगेको छ । सराफले दुई जनालाई आफनो मद्दतका लागि राखेका छन् । त्यसका साथमा उनको परिवारले पनि साथ दिएका छन् । – एजेन्सी


क्लिकमान्डु