सामसुङ डिजिटल प्लाजा अब गाईघाटमा



काठमाडौं । हिम इलेक्ट्रोनिक्स प्रालिले उदयपुरको गाईघाटमा १२औं सामसुङ डिजिटल प्लाजाको उद्घाटन गरेको छ । माघ ११ गते आयोजित एक कार्यक्रमका बीच हिम इलेक्ट्रोनिक्सका उपाध्यक्ष प्रभाकर शमशेर थापाले उद्घाटन गरे ।

सामसुङ डिजिटल प्लाजामा सामसुङका उत्पादनहरु एलईडी टिभी, फ्रिज, वाशिंग मेशिन, माइक्रोवेभ ओभन र मोबाइलफोनहरु उपलब्ध छन् ।

यसबाहेक हिम इलेक्ट्रोनिक्सले उपत्यकाभित्र रहेका ६ वटा सामसुङ डिजिटल प्लाजा र उपत्यकाबाहिर विभिन्न स्थानमा रहेका पाँचवटा सामसुङ डिजिटल प्लाजामार्फत ग्राहकहरुलाई उच्च गुणस्तरीय तथा नवीनतम उत्पादनहरु प्रदानगर्दै आइरहेको छ ।

यस कम्पनी देशभरका ग्राहकहरुलाई सुलभ मूल्यमा उच्च गुणस्तरीय सेवाप्रदान गर्न प्रतिबद्ध रहेको छ । प्लाजा उद्घाटनको अवसरमा शोरूमले ग्राहकहरुलार्इ विशेष ओपनिंग अफरहरु पनि दिएको थियो ।


क्लिकमान्डु