जीभी र राकुटेन भाइबरबीच सहकार्यः नेपालको पहिलो इ–फार्मेसी च्याटबटको साथ स्वास्थ्य क्षेत्रमा



काठमाडौं । जीभी हेल्थ प्रालिले हेल्थ–टेक सर्भिस प्रदायकले विश्वव्यापी रुपमातत्काल मेसेजिङ्ग, च्याट र भ्वाइसओभर गर्ने आइपि प्लेटफर्म राकुटेन भाइबरसँग रणनीतिक साझेदारीको घोषणा गरेको छ ।

भाइबर प्रयोगकर्ताहरूले च्याटबटको माध्यमबाट आफ्नो प्रेसक्रिप्सन अपलोड गरी आवश्यक औषधि अनलाइनमार्फत मगाउन सहज हुने भएको छ ।

जीभी हेल्थले पहिले नै पूर्ण रुपमा क्रियाशील जीभी नामबाट हेल्थ केयर एप संचालन गर्दै आएको छ । अब प्रयोगकर्ताहरूले सुविधाजनक भाइबरमा जीभी हेल्थ च्याटबट मार्फत् सिधै औषधि मगाउन सक्नेछन् ।

जीभी एक्स भाइबरको यो संयुक्त पहलको अवसर पारेर जीभीले प्रेसक्रिप्सन औषधिहरुमा १२% छुट र स्किन केयर उत्पादनहरुमा २५% छुट प्रदान गर्ने भएको छ । च्याटबटबाट अर्डरगर्ने ग्राहकहरु मासिक लक्की ड्रको लागि पनि योग्य हुनेछन् । साथै, लक्की ड्रबाट उनीहरूले १० हजार रुपैयाँ बराबरको गिफ्ट ह्याम्पर जित्न सक्नेछन् ।

त्यसका साथै, च्याटबटमा प्रयोगकर्ताहरुलाई जू द काऊ, बीर द याकर डोजो चरित्रहरुमा आधारित स्टिकरहरुको एक सेटसम्म पनि पहुँच रहनेछ । प्रयोगकर्ताहरुले सामान्य र स्वास्थ्य निर्दिष्ट विषयहरु समेटिएका स्टिकरहरु पाउने अपेक्षा राख्नेछन् । यी प्याकलाई ‘जू, बीर र डोजो’ नाम दिइएको छ ।

‘राकुटेन भाइबरको जीभीसँगको साझेदारीले भाइबर आफ्ना प्रयोगकर्ताहरुको जीवन सहज बनाउने बहुउद्देश्यीय जीवन पर्यन्त एप बन्ने दिशातर्फ उन्मुखहुनु हो । यो मेडिकल च्याटबटले हाम्रा नेपाली प्रयोगकर्ताहरुलाई औषधि पसलमा शरिरको उपस्थित भइरहनु पर्ने अवस्थालाई कम गराउँछ । साथै राम्रो सुविधाहरुमा तत्काल पहुँच पनि दिलाउँछ,’ एपिएसिका सिनियर डारेक्टर डेविड सेले भने, ‘हामी विश्वास गर्छौं कि यो फिचर मानिसहरुको आवतजावतलाई सीमित तुल्याइएको आजको दिन र परिस्थितिमा झन् बढी महत्वपूर्ण भएको छ ।’

‘नेपाल जस्तो देश जहाँ स्वास्थ्य हेरचाहका सुविधाहरु अत्यन्त न्यून छन्, जीभीले डिजिटल मेडिकेयरको पहुँच सम्भव भएसम्मको सरल बनाउने जीभीका प्रोडक्ट म्यानेजर मोहम्मद नाबेदले भने । यसले गर्दा स्वास्थ्य परिदृश्य परिवर्तन गर्ने लक्ष्य लिएकोे उनले बताए ।

यस्तो छ विशेषता ?

यसमा भएको ‘अपलोड र अर्डर’ फिचरको एक मुख्य विशेषता प्रयोगकर्ताहरुले औषधिहरु मगाउन जीभीमा साइनअप गरिरहनु पर्दैन । उनीहरुले आफ्ना औषधिहरुको विवरण सजिलै प्रविष्ट गर्न वायसको लागि आफ्नो प्रेसक्रिप्सन अपलोड गर्न सक्छन् । यसको अर्को पक्षभनेको जीभीएप पछि डाउनलोड गर्न चहाने प्रयोगकर्ताहरुले डाटा पुनः प्राप्ती गर्न सक्छन् । साथै, प्रयोगकर्ताहरुले उनीहरुको अर्डरहरु र प्रेसक्रिप्सनहरुलाई पुनप्राप्ती गर्न आफ्नो फोन नम्बर सजिलै प्रविष्ट गरे पुग्छ ।


क्लिकमान्डु