आर्थिक असमानताः अम्बानीको सम्पत्ति ३५ प्रतिशतले बढ्दा १ लाख ७० हजारले गुमाए जागिर



संसारभर नै कोरोना महामारीले आर्थिकरुपमा चर्को असमानता बढाइदिएको छ । धनीहरु दिन दुई गुणा, रात चार गुणाको दरले धनी भइरहेका छन् । महामारीले धेरैले रोजगारी गुमाइदिएको छ भने आर्थिक असमानतालाई पनि उस्तै गरी बढाइदिएको छ ।

पछिल्लो एक रिपोर्ट अनुसार एक साधारण कामदारले भारतीय अर्बपति मुकेश अम्बानीले एक घण्टामा कमाउने बराबरको कमाईका लागि झण्डै १० हजार वर्ष लाग्ने देखिएको छ ।

विवरणका अनुसार कोरोना महामारीका कारण रिलायन्स इन्डस्ट्रिजका प्रमुख आम्बनीले जति पैसा १ घण्टामा कमाउँछन् त्यत्ति नै पैसा एक दक्ष कामदारले कमाउन १० हजार वर्ष बराबरको समय लाग्ने देखिएको छ ।

उनले जति पैसा १ सेकेण्डमा कमाए, त्यत्ति पैसा कमाउन कामदारलाई ३ वर्ष लाग्ने देखिन्छ । आम्बानीको साथमा भारतमा १०० अर्बपतिको सम्पत्ति सन् २०२० को मार्चको छुलतामा १३ लाख करोड भारुले वृद्धि भएको छ । उक्त पैसा भारतका १४ करोड गरिब नागरिकका लागि वितरण गर्ने हो भने एक जनाको भागमा मात्रै ९४ हजार ४५ भारु बराबर हुन जान्छ ।

कोरोनाकालमा मात्रै भारतका सबैभन्दा बढी धनी व्यक्तिको सम्पत्ति ३५ प्रतिशतले वृद्धि भएको छ । अप्रिलमा हरेक घण्टा १ लाख ७० हजार नागरिकले रोजगारी गुमाएका थिए ।

कोरोना कालमा नै संसारका १ हजार अर्बपतिले मात्रै ३.९ ट्रिलियन डलर बराबरको सम्पत्ति कमाएका थिए ।

अक्सफर्मको विवरण अनुसार कोरोनाकालमा भारत तथा संसारभर नै असमानता बढाइदिएको छ । द इन्इक्विलिटी वायरस नाम दिइएको उक्त रिपोर्ट हालैमात्र सार्वजनिक भएको हो ।

महामारीले १ घण्टामा मात्रै १ लाख ७० हजारको रोजगारी गुम्दा अर्बपतिले भने हरेक सेकेण्डमा नै सम्पत्ति थप गरिरहेका थिए ।

विवरण अनुसार कोरोनाका कारण १२ करोड २ लाख कर्मचारीले रोजगारी गुमाएका थिए । त्यसमा ७५ प्रतिशत बढी कामदार अर्थात ९ करोड २ लामा मनिस भने असंगठित क्षेत्रका थिए । त्यसका अलावा भोकमरी, आत्महत्या, थकावट, सडक तथा रेल दुर्घटना, पुलिसको क्रुरता तथा समयै स्वास्थ्योपचार समेत नपाएको अवस्था छ । उपचार नपाउँदा ३०० बढी असंगठित क्षेत्रका कामदारको मृत्यु भएको छ ।

सन् २०२० मा फोबर्सको सूचीमा संसारका धनीहरुको सूची सार्वजनिक भयो । भारतीय अर्बपतिले सन् २००९ को तुलतामा ९० प्रतिशत बढीले आम्दानी बढाए । सन् २०२० मा भने ३५ प्रतिशत बढीले कमाए । त्यो भनेको कूल ४२२.९ बिलियन बराबर हुन गयो । त्यसमा अमेरिका, चीन, जर्मनी, रुस र फ्रान्सका अलावा भारत समेत सहभागी छ ।

विवरण अनुसार कोरोनाका कारण थप ५० करोड बढी मानिस गरिबीको रेखामुनी पुगेको छन् ।

विवरण अनुसार कोरोना भाइरसका कारण संसारभरका १० अर्बपतिले जे जति सम्पत्ति थप गरे, त्यसबाट संसारभरका गरिब मानिसलाई जोगाउनका लागि कोरोना भाइरसविरुद्धको खेप उपलब्ध गराउन सक्छन् ।

कोरोना भाइरसले देखाइदिएको छ मानवताको सामु गरिबीबाट निकाल्न अरु कुनै उपाय नै छैन । अर्बपतिको सम्पत्ति लाखौं गरिब तथा रोजगारी गुमाएका मानिसलाई प्रयोग गर्नु जरुरी देखिएको छ ।


क्लिकमान्डु