प्रधानमन्त्री ओलीविरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली विरुद्ध सर्वोच्च अदालतमा अपहेलना मुद्धा दर्ता भएको छ । वरिष्ठ अधिवक्ता डा. कुमार शर्मा आचार्यले प्रधानमन्त्री ओलीले कार्की ब्यांकेटमा दिएको अभिव्यक्तिलाई लिएर मुद्धा दर्ता गरेका हुन् ।

प्रधानमन्त्री पदमा आसिन खड्गप्रसाद ओली सम्बोधन गरिएको पत्रमा प्रधानमन्त्री ओलीविरुद्ध न्याय प्रशासन ऐन २०६३ को दफा १७ बमोजिमको हदैसम्मको सजाय माग गरिएको छ ।

प्रधानमन्त्री जस्तो जिम्मेवार पदाधिकारीले अदालत र इजलासको सम्मान गर्नुपर्ने भन्दै सामान्य व्यक्तिलाई पनि त्यस्तो अभिवक्ति क्षम्य नहुने उल्लेख गरिएको छ । प्रधानमन्त्री ओलीले वरिष्ठतम वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रतिनिधिसभा विघटनविरुद्ध परेको रिटमा बहस गरेको विषयलाई लिएर अदालतमा तमासा देखाएको टिप्पणी गरेका थिए ।

ओलीको उक्त टिप्पणीलाई लिएर व्यापकस्तरमा आलोचना समेत भएको छ ।


क्लिकमान्डु