उच्च प्रबिधिको आर्टिफिसीयल इन्टेलीजेन्स भएको एलजीको वाशिंग मेसिन नेपाली बजारमा



काठमाडौं ।  एलजीको एआई डिडी आर्टिफिसियल इन्टिलिजेन्स डाइरेक्ट ड्राइभ भएको भएको वासिङ मेसिन नेपाली बजारमा आएको छ ।

यस वासिङ मेसिनमा एआई डिडी जस्ता लेटेस्ट प्रविधि रहेको छ, जसले कपडाको तौलको साथ साथै कोमलता, नाजुकता जस्ता विशेषताहरु पत्ता लगाउछ, र कपडाको धुने प्रदर्शन बढाउनुका साथै कपडाको गुणस्तर १८ प्रतिशत जोगाउने गर्छ ।

एआई डिडी वासिङ मेसिनले बिग डाटा बिग लर्निङ उपयोग गरेर कपडाहरु अत्याधुनिक तरिकाले धुन्छ ।

यस वासिङ मेसिनमा स्टिम प्लस टिएम प्रविधि रहेको छ जसले कपडाको हरेक रेसा रेसा भित्र पसेर ९९.९% किटाणु नष्ट गर्ने दाबी कम्पनीको छ । यसले कपडालाई ३० प्रतिशत खुम्चनबाट बचाउने छ ।


क्लिकमान्डु