कोरोनाविरुद्धको खोप उत्पादन गरिरहेको भारतीय कम्पनी सिरमको ल्यावमा आगलागी



कोरोना भाइरसविरुद्धको भ्याक्सिन निर्माण गरिरहेको भारतीय कम्पनी सिरम इन्स्टिच्युट अफ इन्डियाको टर्मिनलमा आगलागी भएको छ । टर्मिनल–१ को चौथो र पाँचौ तलामा भीषण आगलागी भएको त्यहाँका सञ्चारमाध्यमले जनाएका छन् ।

समाचार अनुसार उक्त ल्यावमा क्षयरोगसँग बच्नका लागि लगाइने बीसीजीको खोप उत्पादन भइरहेको थियो । हालसम्म आगलागीबाट भएको नोक्सानीको विवरण आइसकेको छैन । कर्मचारीहरुलाई सुरक्षिततरिकाले बाहिर निकालिसकिएको छ भने १० वटा दमकलबाट अहिले आगो निभाउने क्रम जारी छ । कम्पनीको भ्याक्सिन म्यानुफ्याक्चिरिङ प्लान्ट भने सुरक्षित छ ।

कम्पनीले नै अहिले अक्सफोर्ड तथा एस्ट्राजेनेका लागि कोरोना भ्याक्सिन कोभिसिल्ड उत्पादन गरिरहेको छ । यो भ्याक्सिन बनाउने स्थान आगलागी भएको भवनबाट सुरक्षित छ । हालै यहाँबाट उत्पादन भएको भ्याक्सिन वितरण शुरु भइसकेको छ ।

कम्पनीले अहिलेसम्म १.५ अर्ब डोज भ्याक्सिन बिक्री गरिसकेको छ । एक प्रकारले यो रेकर्ड पनि हो । विश्वका ६० प्रतिशत बच्चालाई सिरमबाट उत्पादित विभिन्न भ्याक्सिन लगाइन्छ । विश्व स्वास्थ्य संगठनबाट मान्यताप्राप्त सिरमबाट उत्पादिन विभिन्न भ्याक्सिनलाई १७० देशमा सप्लाइ हुँदै आएको छ ।

कमपनीले पोलियो भ्याक्सिनका साथै डिप्थिरिया, टिटनास, पट्र्ययुसिस, एचआइभी, बीसीजी तथा हेपाटाइटिस बी, खसरा मम्पस तथा रुबेलाका भ्याक्सिन उत्पादन गर्दै आएको छ ।-  एजेन्सी


क्लिकमान्डु