आईएमई पे नयाँ भर्सनमा, रिचार्जमा ५% क्यासब्याकदेखि निःशुल्क ट्रान्ज्याक्ससम्मका सुविधा



काठमाडौं । आईएमई ग्रुपद्वारा सञ्चालित आइएमई डिजिटल सोलुसन लिमिटेडद्वारा प्रवद्र्घित ‘आइएमई पे’ एप नयाँ सुविधासहित अध्यावधिक गरिएको छ ।

यो सुविधासँगै प्रयोगकर्ताहरूले डिजिटल वालेटको प्रयोगमा एउटा छुट्टै एवम् विशिष्ट खालको अनुभव प्राप्त गर्न सक्नेछन् । कम्पनीमा आबद्व कर्मचारी र विषय विज्ञहरूले वालेटको डिजाइनलाई कसरी आकर्षक र प्रयोगमा सरल, सुरक्षित एवम् भरपर्दो बनाउन सकिन्छ भन्ने विषयमा लामो समयदेखि निरन्तर कार्य गर्दै आइरहेको नतिजा स्वरूप आइएमई पे आजको यो अवस्थामा आइपुग्न कम्पनीको भनाइ छ ।

आजबाट प्रयोगयोग्य यस वालेट प्रयोगकर्ताहरूका लागि अझ सहज र सुविधायूक्त हुने विश्वास कम्पनीको छ । अध्यावधिक एप इन्टरफेस हुनुका साथै थप सेवाग्राहीमैत्री बनाइएको छ । कम्पनीले निम्न विशेषताहरू सहितको आइएमई पे वालेट आम सेवाग्राहीहरूको सहज डिजिटल सेवाका लागि प्रस्तुत गरेको छ ।

नयाँ र सुधारिएको डिजाइन
सेवाग्राहीहरूको सयमानुकूलको मागलाई सम्बोधन गर्नेगरी आइएमई पे एपलाई अहिलेसम्मकै सबैभन्दा राम्रो भर्सनमा डिजाइन गरिएको कम्पनीको दावी छ । एपलाई प्रयोगकर्तामैत्री बनाउन युआइसहित थप सेवा सुविधाहरुलाई परिभाषित गरिएको कम्पनीको भनाइ छ ।

चुस्त कार्यप्रणाली, सेवाक्षेत्रको स्पष्टता र पहुँचमा सुनिश्चितता जस्ता मुख्य मुख्य उद्देश्यहरुलाई एपको नयाँ डिजाइनमा विशेष ध्यान दिइएकोले यो एपको प्रयोग सबै डिजिटल वालेट प्रयोगकर्ताहरूको रोजाईमा पर्ने विश्वास कम्पनीले लिएको छ ।

डिजिटल पेमेन्ट उद्योगको फस्टाउँदो अवस्थासँगै आम उपभोक्ताहरु पनि यसको प्रयोगमा अभ्यस्त हुँदै आएको सन्दर्भमा कम्पनी डिजिटल पेमेन्ट उद्योगलाई थप प्रवद्र्घन गर्न प्रतिवद्ध रहँदै आएको छ ।

पैसा बढ्ने सुपर वालेट
बैंकिङ्ग पहुँचभन्दा बाहिर रहेको जनसंख्यालाई फाइनान्सियल सेवा उपलब्ध गराउनु आइएमई पे वालेटको मूख्य उद्देश्य हो । देशको जुनसुकै भूगोल विशेषतः ग्रामिण क्षेत्र जहाँको ठूलो जनसंख्या बैंकिङ्ग पहुँचभन्दा वाहिर रहन बाध्य छ त्यसलाई फाइनान्सियल सेवामा आकर्षित गर्न सुपर वालेटमा जम्मा हुँदै आएको पैसामा ब्याजको अवधारणा अघि सारेको छ ।

आइएमईका सेवा केन्द्रहरूमा रहँदै आएको आमसेवाग्राहीहरूको अभ्यस्त पहुँचका कारण कम्पनीको त्यो उद्देश्य सहजै पूर्ति हुने आधारहरू पहिला नै तयार भइसकेको छ । सामान्यतयाः आइएमई पे वालेटमा कम्तीमा १ हजाररुपैयाँ मैजादा रहँदा उक्त वालेट स्वतः सुपर वालेटमा रुपान्तरण हुनेछ ।

पैसा पठाउने सेवा निःशूल्क
नगदरहित आर्थिक कारोबारलाई प्रवद्र्घन गर्नु डिजिटल पेमेन्ट उद्योगको मुख्य उद्देश्य हो । यसर्थ, यहाँ पैसा पठाउने कार्यलाई नगदरहित भनेर नै बुझ्नुपर्ने हुन्छ ।

पहिले एक ठाउँबाट अर्को ठाउँमा पैसा पठाउने कार्य त्यति सजिलो थिएन । अहिले डिजिटल एपको बढ्दो प्रयोगसँगै एक शहर÷गाउँबाट अर्को शहर/गाउँसम्म पैसा पठाउन सजिलो छ । पैसा पठाउने र भुक्तानी गर्ने सेवाहरू मान्छेले प्रयोग गर्दै आइरहेका फोन फोनमा उपलब्ध छन् ।

उपभोक्ताले कुनै पनि मोबाइल नम्बरमा आइएमई पे मार्फत पैसा पठाउँदा पूर्णतः निशूल्क सेवा प्राप्त गर्न सक्नुहुनेछ । प्रापक र प्रेषकले ‘ आइएमई पे ’ मोबाइल वालेट एप डाउनलोड गरिसक्नुभएको यदि छैन भने यो सेवाका लागि दुवैले पहिला उक्त एप डाउनलोड गर्नुपर्ने हुन्छ ।

बैंक ट्रान्सफर शूल्क रू. १ बाट शुरू

आइएमई पेमा आवद्ध पचासभन्दा बढी बैंक तथा वित्तीय संस्थामा रहेका खाता नम्बरमा ‘आइएमई पे’ एप प्रयोग गरी कारोबार गर्दा प्रति कारोबार मात्र १ रुपैयाँबाट सेवाशूल्क शुरू हुनेछ ।

आर्थिक कारोबारको प्रयोगलाई ध्यानमा राख्दै आम उपभोक्तालाई आर्थिक कारोबार बैंक तथा वित्तीय संस्थाबाट नै गर्न प्रोत्साहित गर्ने मुख्य उद्देश्यका साथ यो सेवा प्रदान गर्न लागिएको हो ।

एउटा ट्रान्जेक्सनको सेवाशूल्क पूर्णतः निशूल्क
आइएमई पेको मातृ संस्था आइएमईका देशभर रहेको एजेण्टबाट आइएमई एपमा भएको पैसा भुक्तान लिँदा महिनामा एकपटक निःशूल्क हुनेछ । यो सेवा आफूलाई पायक पर्ने देशभरका जुनसुकै आइएमई एजेण्टमा उपलब्ध हुनेछ ।

यो सेवासँगै देशभरका कुनाकाप्चामा मानव एटीएमको सेवा उपलब्ध हुने विश्वास कम्पनीले लिएको छ ।

टपअपमा पाँच प्रतिशत क्यास ब्याक
डिजिटल भुक्तानीका लागि तपाइँहरुको मुख्य रोजाइमा पर्दै आएको आइएमई पे एपका कारण दैनिक उपभोग्य सेवाहरूको शूल्क भुक्तानी सरल र सहज बन्दै आएको विदितै छ । यो सेवालाई थप प्रवद्र्घन गर्ने मुख्य उद्देश्यका साथ आइएमई पेले अंग्रेजी नयाँ वर्ष २०२१ को अवसर पारेर आइएमई पेमा दर्ता भएको आफ्नै मोबाइल नम्बरमा टपअप गर्दा ५ प्रतिशत क्यास ब्याकको सुविधाउपलब्ध गराउँदै आएको छ ।

विश्वव्यापी रूपमा विद्यमान महामारीबाट सुरक्षित रहन सामाजिक दूरी कायम गर्दै आर्थिक कारोबारलाई निरन्तरता दिन डिजिटल भुक्तानी सेवाप्रदायक उद्योगका तर्फबाट आइएमई पे ले आफ्नो एपलाई समयानुकूल अध्यावधिक गर्दै आइरहेको छ । यसबाट डिजिटल वित्तीय सेवामा आमसेवाग्राहीहरू छिट्टै अभ्यस्त हुने विश्वास कम्पनीले लिएको छ ।

झन्डै ३५ हजार एजेण्ट आउटलेट संजाल भएको ‘आइएमई पे’ आइएमई ग्रुप अन्तर्गतको डिजिटल वित्तीय सेवाप्रदायक उत्पादन हो । नेपाल राष्ट्र बैंकको भुक्तानी तथा फर्छ्यौट विनियमावली–२०७२ बमोजिम आइएमई डिजिटलले दूरसञ्चार सञ्जालको माध्यमबाट मोबाइल

वालेट सेवा प्रदान गर्ने अनुमति प्राप्त गरेको हो । यस्तो अनुमति पाउने आइएमई डिजिटल देशकै पहिलो भुक्तानी सेवा प्रदायक कम्पनी हो ।

आइएमई डिजिटलले ‘ आईएमई पे ’ ब्रान्ड अन्तर्गत मोबाइल वालेट सेवा उपलब्ध गराउनेछ र यसको मद्दतबाट सेवाग्राही आफैले अथवा एजेन्टहरूको सहयोग लिएर मोबाइल मार्फत् विभिन्न किसिमका भुक्तानी सम्बन्धी कार्य गर्न सक्नेछन् । यसले व्यक्ति–व्यक्तिका बीचमा हुने सामान्य रकम ट्रान्सफर गर्ने सुविधादेखि लिएर विभिन्न अनलाइन तथा स्थलगत स्टोरहरूमा क्युआर कोडमार्फत भुक्तानी गर्ने, मोबाइल रिचार्ज गर्ने र विभिन्न घरयासी तथा कार्यालयका बीलहरू भुक्तानीमा सेवा प्रदान गर्दै आइरहेको छ ।

आइएमई डिजिटलले बैंकको सुविधाबाट वञ्चित तथा न्यून बैंकिङ्ग सुविधा प्राप्त नेपाली लगायत सम्पूर्ण सर्वसाधारण जनतालाई वित्तीय सेवाहरूको पहुँच उपलब्ध गराएर नेपालको वित्तीय समावेशीकरणमा योगदान पु¥याउने लक्ष्य लिएको छ । मोबाइल वालेटमा ब्याज र क्यास ब्याकको पनि सुविधा उपलब्ध छ । विभिन्न प्रकारका वील भुक्तानी एवम् जुनसुकै बैंकका खातामा रकम पठाउन मिल्ने आइएमई पे वालेटको अर्को महत्त्वपूर्ण विशेषता हो ।


क्लिकमान्डु