४ अर्बको बन्ड जारी गर्दै इन्भेष्टमेन्ट बैंक, कति पाइन्छ ब्याज ?



काठमाडौं । नेपाल इन्भेष्टमेन्ट बैंकले ४ अर्ब रुपैयाँको ४० लाख कित्ता बन्ड ‘८.५ % नेपाल इन्भेष्टमेन्ट बैंक बन्ड २०८४’ जारी गर्ने भएको छ ।

बैंकका अनुसार माघ १६ देखि २० गतेसम्मको लागि ४ अर्ब रुपैयाँको बन्ड निष्काशन हुन लागेको हो । माघ २० गतेसम्म माग अनुसार आवेदन नपरेको खण्डमा ३० गतेसम्म आवेदन दिन सकिने छ ।

प्रति कित्ता एक हजार रुपैयाँको दरले ४० लाख कित्ता बन्ड निष्काशन गर्न लागेको हो । त्यसमध्ये १६ लाख कित्तामा सर्वसाधारणले आवेदन दिन पाउने छन भने २४ लाख कित्ता विभिन्न संघ संस्थालाई बिक्री गरिनेछ । उक्त बन्डमा वार्षिक ८.५ प्रतिशत ब्याज पाइनेछ ।

यो बन्द ७ वर्षको लागि बैंकले निष्काशन गर्न लागेको हो । यसको बिक्री प्रबन्धक आरबीबी मर्चेन्ट बैंकिङ रहेको छ । न्यूनतम २५ देखि अधिकतम २ लाख ५० हजार कित्तासम्म आवेदन दिन पाइन्छ । सि–आश्वा सदस्य प्राप्त बैंक तथा वित्तीय संस्थाबाट आवेदन दिन सकिने छ ।


क्लिकमान्डु