राष्ट्रपति बनेपछि डोनाल्ड ट्रम्पको सम्पत्ति १ अर्ब २० करोड अमेरिकी डलरले घट्यो



अमेरिकाको राष्ट्रपतिको रुपमा डोनाल्ड ट्रम्पको कार्यकाल बुधबारदेखि सकियो । ४ वर्ष ह्वाइट हाउसमा बिताएका ट्रम्प परम्परागत राजनीतिक नेता होइन । विवादबाट सुरु भएको उनको कार्यकाल विवादले नै सकिएको छ ।

व्यापारी ट्रम्प अमेरिकाका अर्बपति हुन् । उनको अधिकांश व्यवसाय रियल ईस्टेट मा छ। फोर्ब्सका अनुसार ट्रम्पको सम्पत्ति अहिले २ अर्ब ५० करोड अमेरिकी डलर बराबरको छ ।

राष्ट्रपति बन्नु अगाडि उनको सम्पत्ति ४ वर्ष अगाडि ३.७० करोड अमेरिकी डलर थियो । ४ वर्षमा उनको सम्पत्ति १ अर्ब २० करोड अमेरिकी डलरले कमी आएको छ ।

न्यूयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्पले बाबु फ्रेड ट्रम्पबाट४१ मिलियन अमेरिकी डलर सम्पत्ति पाएका थिए । उनको व्यवसाय घर जग्गा बाहेक होटेल, गल्फ र जीवनशैलीसँग सम्बन्धित रहेको छ।

कोरोना भाइरसको महामारीले उनको सम्पत्ति १ अर्ब अमेरिकी डलरभन्दा बढीले घट्यो । सन् २०१९ सम्म उनको सम्पत्ति ३ अर्ब अमेरिकी डलर थियो । अमेरिका बाहेक उनको व्यवसाय भारत,युरोप र एशियाका विभिन्न देशमा फैलिएको छ ।

अमेरिकाको इतिहासमा अर्बपति राष्ट्रपति ट्रम्प पहिलो हुन् ।


क्लिकमान्डु