सुनको मूल्य बढ्ने क्रम जारी, आज पनि प्रतितोला ६ सयले बढ्यो



काठमाडौं । बुधबार प्रतितोला ५ सय रुपैयाँले बढेको सुनको मूल्य आज पनि प्रतितोला ६ सय रुपैयाँले बढेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा बिहिबार बढेर ९३ हजार १ रुपैयाँमा कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै, तेजावी सुनको मूल्य प्रतितोला ९२ हजार ६ सय रुपैयाँ कायम भएको छ । साथै, चाँदीको मूल्य प्रतितोला १२ सय ७५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु