अमेरिकी राष्ट्रपतिमा वाइडेनको सपथसँगै सेयर बजारमा एतिहासिक रेकर्ड



अमेरिकी राष्ट्रपतिमा जो बाइडेनले सपथ लिएसँगै त्यहाँको सेयर बजारमा हरियाली देखिएको छ । वाइडेनको स्वागतमा सेयर बजारमा एतिहासिक रेकर्ड कायम गरेको छ ।

अमेरिकी सेयर बजारा डो ०.८ प्रतिशत अर्थात् २५८ अंकले बढेर ३१ हजार १८८ अंकमा बन्द भएको छ । त्यसैगरी एस एन्ड पी ५०० रोज १.४ प्रतिशतले बढेको छ भने नस्दाक कम्पोजिट २ प्रतिशतले बढेर सबैभन्दा माथि पुगेको छ । जुन इतिहासकै सबैभन्दा उच्च विन्दु हो ।

राष्ट्रपतिले सपथ लिने समयमा यसरी सेयर बजारमा उछाल देखिएको यो ३६ वर्षपछि पहिलो पटक हो । यसअघि सन् १९८५ मा रोनाल्ड रेगनले सपथ लिने समयमा पनि यसै गरी सेयर बजारमा उछाल देखिएको थियो ।


क्लिकमान्डु