३ महिनापछि सार्वजनिक कार्यक्रममा देखिए, चिनियाँ अर्बपति ज्याक मा
करिब ३ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएका चिनियाँ अर्बपति ज्याक मा बुधवार पहिलो पटक सार्वजनिक कार्यक्रममा देखिएका छन् । चीन सरकारको प्रत्यक्ष नियन्त्रणमा रहने मिडिया ग्लोबल टाइम्सले सार्वजनिक गरेको भिडियोमा ज्याक मा १०० जना ग्रामिण शिक्षकसँग भर्चुअल रुपमा भेटेको देखिन्छ ।
चिनियाँ नीतिको आलोचना गरेपछि ज्याक मा ३ महिनादेखि सार्वजनिक कार्यक्रममा देखिएका थिएनन् । ज्याक माले अक्टोबरमा शंघाईमा एक भाषणमा चीनको वित्तीय नियामक र सरकारी बैंकहरुको आलोचना गरेका थिए । यसको अर्थ उनले चीनका राष्ट्रपति सि जिनपिंगको नीतिको आलोचना गरेको बुझिएको थियो ।
ज्याक माको कम्पनीले ल्याउन लागेको ३७ अर्ब अमेरिकी डलरको आइपीओ नै चीन सरकारले रोकिदिएको थियो । उनमाथि अहिले चीनको सरकारी निकायले अनुसन्धान गरिरहेको समाचार पश्चिमा संचारमाध्यमले प्रकाशित गरेका छन् ।
#Alibaba founder Jack Ma Yun @JackMa, the English teacher turned entrepreneur, met with 100 rural teachers from across the country via video link on Wednesday. “We’ll meet again after the [COVID-19] epidemic is over,” he said to them: report pic.twitter.com/oj2JQqZGnI
— Global Times (@globaltimesnews) January 20, 2021
३ महिनापछि सार्वजनिक भएको भिडियोमा व्यवसायमा लाग्नु अगाडि शिक्षक भएको कुरा सेयर गरेको देखिन्छ ।
भारतीय संचारमाध्यमले ज्याक मा ३ महिनादेखि सार्वजनिक कार्यक्रममा नदेखिएको विषयलाई निकै जोडका साथ उठाएका थिए । कतिपयले चीन सरकारले उनलाई जेलमा नै हालेको भन्ने सम्मको समाचार दिएका थिए ।