बिना कर्मचारी नागरिक एपबाटै ३२५ जनाले लिए प्यान नम्बर



काठमाडौं । सरकारले सार्वजनिक गरेको नागरिक एपबाट शनिबार मात्रै ३२५ जनाले प्यान नम्बर पाएका छन् । सरकारले विभिन्न सुविधासहित शुरु गरेको एपबाटै प्यान लिन सम्भव भएको हो ।

शनिबार विदाको दिन पनि ३२५ दनाले प्यान नम्बर लिएको प्रधानमन्त्री केपी शर्मा ओलीले जानकारी दिएका छन् ।

‘नागरिक एप मार्फत शनिबार सार्वजनिक बिदाको दिनमा पनि बिना कर्मचारी ३२५ जनाले प्यान नम्बर प्राप्त गर्नु भएको छ । कार्यालय अवधि र कर्मचारीको उपस्थिति बिना नै सेवामा सेवाग्राहीको सिधा पहुँच स्थापित हुनु हाम्रो सन्दर्भमा युगान्तकारी रूपान्तरण हो। नागरिक एप मार्फत सेवामा आम जनताको सिधा पहुँच थप विस्तार गर्दै लगिने छ। सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरुलाई नागरिक एप मार्फत घरमै बसीबसी सेवा लिने प्रक्रियामा आवद्ध हुन आव्हान गर्दछु,’ उनले भने ।


क्लिकमान्डु