प्रधानमन्त्रीको विशेष आर्थिक सल्लाहकारमा मोतीलाल दुगड नियुक्त



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विशेष आर्थिक सल्लाहकारमा पूर्व राज्यमन्त्री मोतीलाल दुगडलाई नियुक्त गरेका छन् । पूर्व उद्योग वाणिज्य तथा आपूर्ति राज्यमन्त्री रहेका दुगडलाई पुस २९ गते नियुक्त गरिएको हो ।

विशेष आर्थिक सल्लाहकारको मर्यांदा मन्त्रीसरहको हुन्छ ।

प्रधानमन्त्रीले यसअघि उक्त पदमा पूर्वअर्थमन्त्री तथा अमेरिकाका लागि राजदूत युवराज खतिवडालाई नियुक्त गरेका थिए । अर्थमन्त्री पदबाट राजीनामा दिएपछि खतिवडालाई प्रधानमन्त्रीले नियुक्त गरेका थिए । तर खतिवडा अमेरिकाका लागि राजदूत सिफारिस भएपछि उक्त पद रिक्त थियो ।


क्लिकमान्डु