सुनको मूल्य प्रतितोला ७ सयले घट्यो



काठमाडौं । आइतबार सुनको मूल्य प्रतितोला ७ सय रुपैयाँले घटेको छ ।

शुक्रबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ५ सय रुपैयाँ कायम भएकोमा आइतबार घटेर ९१ हजार ८ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९१ हजार ३ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ३० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु