इक्यानको भर्चुअल मेलामा उत्साहजनक सहभागिता, पहिलो दिनमा १२ हजार सहभागी



काठमाडौं । नेपाल शैक्षिक परामर्श संघ (इक्यान)ले शुक्रबारदेखि शुरु गरेको भर्चुअल शैक्षिक मेलामा उत्साहजनक सहभागिता देखिएको छ । १४औं बृहत शैक्षिक मेला भर्चुअल माध्यमबाट पहिलोपटक इक्यानले आयोजना गरेको हो ।

विगतका वर्षमा भौतिकरुपमा मेला आयोजना भइरहे पनि यसपटक कोरोन महामारीका कारण मेला भर्चुअलरुपमा आयोजना गरिएको हो । इक्यानका अनुसार मेलाको पहिलो दिन १२ हजार विद्यार्थी तथा उनीहरुका अभिभावक सहभागी भए ।

मेलामा विद्यार्थीहरुले कोरोना महामारीबाट सिर्जित समस्या र त्यसले पारेको प्रभावका विषयमा जानकारी लिएका थिए । उच्च शिक्षाका लागि विदेशी विश्वविद्यालय तथा कलेजमा जान चाहने विद्यार्थीहरुले आवश्यक जानकारी लिएका थिए ।

शुक्रबारदेखि शुरु भएको भर्चुअल मेला माघ ५ गते सोमबारसम्म आयोजना हुनेछ । विद्यार्थीले विहान १० बजेदेखि साँझ ५ बजेसम्म भर्चुअलमाध्यमबाट मेलामा सहभागी भइ विभिन्न देश, विश्वविद्यालय, त्यहाँका कलेज, कोर्स, छात्रवृत्ति, भिसा प्रोसेसिङलगायतका विभिन्न जानकारी प्राप्त गर्न सक्नेछन् ।

मेलामा १ सयभन्दा बढी कन्सलटेन्सी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिको सहभागिता छ ।

मेला ब्यवस्थापन वन अप प्रालिले गरिरहेको छ । मेलामा इन एसोसिएसन विथमा वेद इन्टरनेशनल एजुकेशन कन्सलटेन्सी, अर्बिट इन्टरनेशनल एजुकेशन, क्विन्सफोर्ड कलेज, ग्रेस इन्टरनेशनल एजुकेशन, सक्सेस अब्रोड स्टडी, नेप्कोम्स एजुकेशन अनुबन्धित भइसकेका छन् ।

त्यसैगरी १८ वटा संस्था प्लाटिनम स्पोन्सरमा आबद्ध भएका छन् भने डाइमन्ड र सिल्भर स्पोन्सरसहित १०० भन्दाबढी संस्था मेलामा सहभागी छन् ।
मेलामा उच्च शिक्षाका लागि विदेश जान चाहने विद्यार्थी तथा उनीहरुका अभिभावकहरुले आफू बसेकै ठाउँमा भर्चुअल मेलामा सहभागी हुन सक्नेछन् ।

भर्चुअल मेलामा विद्यार्थीहरुले कोरोना महामारीका कारण सिर्जित समस्या, सम्बन्धित देशले कोरोना महामारीपछि लिएका नीति र त्यसले पार्ने प्रभावका बारेमा सम्पूर्ण जानकारी लिन सक्नेछन् ।

कसरी हुने सहभागी ?
विगतका दिनमा भौतिक रुपमा सञ्चालन हुने मेलामा सहभागि भइ त्यहाँ रहेका कन्सलटेन्सी, विदेशी विश्वविद्यालय तथा कलेजका प्रतिनिधिसँग साक्षात्कार गर्न पाइन्थ्यो भने यसपटकको अनलाइन मेलामा विद्यार्थी र अभिभावकले आफू भएकै ठाउँबाट मोबाइल, ल्यापटपलगायतका ग्याजेटबाट प्रत्यक्ष रुपमा साक्षात्कार गर्न पाउनेछन् ।

कम्पनीका अनुसार यसका लागि मेलामा सहभागी हुन चाहनेहरुले मेलाको आधिकारिक वेवपोर्टल धधध।भअबलाबष्च।अयm मा गएर रजिष्ट्रेसन गर्नुपर्ने हुन्छ ।

जसमा उनीहरुले आफ्नो नाम, ठेगाना, इमेल, सम्पर्क नम्बर लगायतका जानकारी भरेपछि आफूले रोजेको देश तथा कन्सल्टेन्सी रोजेर उनीहरुका प्रतिनिधिहरुसँग प्रत्यक्ष रुपमा साक्षात्कार गर्न सक्नेछन् ।


क्लिकमान्डु