प्रतिनिधिसभा विघटनविरुद्धको रिट संवैधानिक इजलासमै हेरिने



काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधिसभा बिघटनविरुद्धको रिट संवैधानिक इजलासमै हेर्ने फैसला गरेको छ । विघटनविरुद्ध परेका १३ मध्ये ११ वटा रिटले पुुरक निवेदनमार्फत् बृहत पूर्ण संवैधानिक इजलासमा बहस हुनुपर्ने माग गरेका थिए ।

तर बुधबार र शुक्रबारको सुनुवाईपछि संवैधानिक इजलासमै गर्ने निर्णय गरिएको हो । अब यो रिट संवैधानिक इजलासमै सुनुवाई हुनेछ ।

शुक्रबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर, न्यायाधीहरु विश्वम्भरप्रसाद श्रेष्ठ, सपनाप्रधान मल्ल अनिलकुमार सिन्हा र तेजबहादुर केसीको इजलासले आदेश जारी भएको हो ।


क्लिकमान्डु