सिटी एक्सप्रेस मनी ट्रान्सफर बन्यो भ्वाइस अफ नेपाल सिजन–३ को सह-प्रायोजक




काठमाडौं । सिटी एक्सप्रेस मनी ट्रान्सफरले लोकप्रिय रियालिटी टेलिभिजन गायन प्रतियोगिता कार्यक्रम भोईस अप्m नेपाल – सिजन ३ को सह प्रायोजक रहने घोषणा गरेको छ ।

कार्यक्रम हिमालय एचडी टिभीबाट प्रसारण हुनेछ । कार्यक्रमको डिजिटल अडिशन भने शुरु भइसकेको छ ।

काठमाडौं स्थित ¥याडिशन होटलमा आयोजित हस्ताक्षर कार्यक्रममा सिटी एक्सप्रेसका प्रबन्ध निर्देशक चन्द्र टण्डनले भ्वाइस अफ नेपाल जस्तो लोकप्रिय रियालिटी कार्यक्रमसँग आबद्ध हुन पाउदा खुशी लागेको बताए ।

उनले सिटी एक्सप्रेसले जसरी देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरुलाई सेवा प्रदान गर्दै आइरहेको छ त्यसरी नै भ्वाइस अफ नेपालले पनि देश विदेशमा रहनु भएका नेपाली दाजुभाइ तथा दिदी बहिनीहरु बाट गायन प्रतिभा देखाउने एउटा राम्रो प्लेटफर्म प्रदान गरेकोमा खुशी ब्यक्त गर्नु भएको छ ।

सिटी एक्सप्रेसले रेमिट्यान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १४ वर्षदेखि संसारभरबाट विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । आन्तरिक विप्रेषण अन्तर्गत सिटी एक्सप्रेसका देशभर छरिएर रहेका १० हजारभन्दा बढि भुक्तानी केन्द्रमार्फत छिटो, सहज र सुरक्षित तरिकाले भुक्तानी प्रदान गर्ने, कुनै पनि बैंकको खातामा रकम जम्मा गर्ने र मोबाइल वालेटमा लोड गर्न सकिने जस्ता सुविधाहरु प्रदान गर्दै आइरहेको छ ।


क्लिकमान्डु