सुनको मूल्य प्रतितोला ४ सयले बढ्यो



काठमाडौं । बिहीबार प्रतितोला ८ सय रुपैयाँले घटेको सुनको मूल्य  शुक्रबार ४ सय रुपैयाँले बढेको छ ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार १ सय रुपैयाँ कायम भएकोमा शुक्रबार बढेर ९२ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु