डोनाल्ड ट्रम्पले लगाए ९ वटा चिनियाँ कम्पनीमाथि प्रतिबन्ध



अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कार्यकाल सकिन जम्मा ५ दिन बाँकी छ । यही बीचमा ट्रम्प प्रशासनले चीनप्रति कठोर नीति अबलम्बन गरेका छन् । बिहीबार राति उनले चीनका ९ वटा कम्पनीमाथि प्रतिबन्ध लगाउने निर्णय गरे । यसको अर्थ अब यी ९ वटा कम्पनीमा अमेरिकीहरुले लगानी गर्न पाउने छैनन् । यसअघि ट्रम्प प्रशासनले ३९ वटा चिनियाँ कम्पनीमाथि निशाना साँधेका थिए ।

अमेरिकी अफिसरहरुको आरोप अनुसार चिनियाँ कम्पनीहरु चीनको सेनासँग जोडिएका छन् । यी कम्पनीहरुले चीनको सेनालाई आर्थिक र प्राविधिक रुपमा सहयोग गर्दै आएका छन् ।

पाँच दिनपछि राष्ट्रपति बन्दै गरेका जो वाइडेन भने ट्रम्को यो निर्णयप्रति केही प्रतिक्रिया दिएका छैनन् । वाइडेनप्रति मानिसहरुको विश्वास के छ भने उनले यो कदमको विरोध नगर्न पनि सक्छन् ।

ट्रम्पले चीनका ९ कम्पनीले अब अमेरिकामा आफ्नै बलबुतामा बिजनेस गर्नुपर्नेछ । अब अमेरिकी नागरिक तथा कम्पनीहरुले यी चिनियाँ कम्पनीमा लगानी गर्न पाउने छैनन् । अब यी चिनियाँ कम्पनीलाई अमेरिकामा बिजनेस गर्न निकै कठीन हुने देखिएको छ । अमेरिकाबाट यी कम्पनीहरले यूरोपसम्मको बिजनेस गर्दै आएका छन् ।

मोबाइल तथा इलेक्ट्रिोनिक ग्याजेट बनाउने कम्पनी शाओमी तथा आयल कम्पनी सीएनओओसीमाथि को प्रतिबन्ध सबैभन्दा चिन्ताजनक हुने देखिएको छ । सीएनओओसी चीनको सबैभन्दा ठूलो सरकारी आयल कम्पनी हो । अमेरिकामा यो कम्पनीमाथि लगाएको प्रतिबन्धको अर्थ के हो भने यो कम्पनीका लागि विश्वका अन्य देशमा पनि आगामी दिनमा व्यापार गर्न सहज हुने छैन ।

ट्रमपको यो कदम साउथ चाइना सी अर्थात दक्षिण चीन सागरमा बेइजिङको बढ्दो उपस्थितीलाई लगाम लगाउन खोजिएको धेरैको विश्वास छ ।


क्लिकमान्डु