प्रतिनिधिसभा बिघटनविरुद्धको रिटमा आज सुनुवाई हुँदै



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई आज शुक्रबार हुँदैछ । गत बुधबार संवैधानिक इजलासमै राख्ने कि बृहत पूर्ण संवैधानिक इजलासमा लैजाने भन्ने टुंगो नलागेपछि पेशी शुक्रबारका लागि तोकिएको थियो ।

रिट हाल्ने १३ मध्ये ११ वटाले बृहत पूर्ण संवैधानिक इजलासमा लैजानुपर्ने माग राख्दै पूरक निवेदन दिएका थिए । बुधबार अधिवक्ताहरुले यसैमा बहस गरेका थिए । तर महान्यायाधिवक्ता अग्नी खरेलले भने बृहत पूर्ण संवैधानिक इजलासमा लैजाने माग भावनात्मक मात्रै भएको तर्क गरेका थिए ।

आज बस्ने इजलासले संवैधानिक इजलासमा राख्ने कि बृहत पूर्ण संवैधानिक इजलासमा पठाउने भन्ने निर्णय गर्नेछ ।


क्लिकमान्डु