दुनियाँभरको सेयर बजारमा किन उछाल आइरहेको छ ?



विश्वभर करोडौं मानिसले जागिर गुमाएका छन् वा उनीहरु घरमै रहन बाध्य भएकाले सरकारले बेरोजगारी भत्ता दिनु परिरहेको छ । तर पछिल्लो वर्ष सन् २०२० मार्च महिनामा गिरावटपछि सेयर बजारमा उछाल देखिएको छ । टेक्नोलोजी कम्पनी न्यासडेकको सेयरको मूल्यमा गत वर्षको अन्त्यसम्ममा ४२ प्रतिशत बढोत्तरी देखिएको छ ।

वर्षभरीमा एसएन्डपी५०० इन्डेक्स (अमेरिका) सेयर १५ प्रतिशत माथि उक्लियो । तर ब्रिटेनको स्टक एक्सचेञ्ज इन्डेक्स एसएन्डपी१०० कोरोना महामारीका कारण संघर्ष गरिरहेका तेल कम्पनी, बैंक, एयरलाइन्सका कारण राम्रो अवस्थामा रहन सकेन ।

अघिल्लो वर्षको शुरुवातमा १४ प्रतिशतको गिरावट आएको थियो तर पछिल्ला केही महिनामा यसमा तीव्रगतिमा बढोत्तरी पनि भएको छ । साथै यूरोपियन संघका साथ ट्रेड डिल भएको र भ्याक्सिनको अनुमतिप्राप्तीपछि यसको मूल्यमा तीव्रता देखिएको हो ।

जापानमा भ्याक्सिन बनेपछि एकपटक फेरि एकपटक सेयर बजारमा उछाल देखिएको छ । फार्मास्यूटिकल स्टक्स तथा गेमिङ कम्पनीहरुको सेयर निकै अगाडि बढेको छ । यद्यपि सेयर बजारको प्रदर्शनको आँकलन यो पूरी प्रक्रियालाई भने दर्शाउँदैन ।

सस्तो पैसा
मनी म्यानेजर स्क्राडर्समा यूके इक्विटिजका प्रमुख स्यू नाफ भन्छन्, ‘एक महत्वपूर्ण विषय यो हो कि सेयर बजारको मूल्य अहिले र यो समयको मात्रै विषय होइन, सेयर बजार त एउटा कार चल्छ, जसमा आँखाले टाढाको लक्ष्य दख्छ तर ठीक अगाडिको खराब बाटोलाई हेर्दैन ।’

लगानीकर्ताहरु स्वीकृत भइसकेको र विकसित भइरहेको भ्याक्सिनको सफलताबाट लगानी बढ्ने र बिक्री सामान्य हुनेमा भरोसा गरिरहेका छन् । मानिसहरु सस्तो ऋणको प्रयोग गरिरहेका छन् । जुन कारोबारका लागि राम्रो वरदान हो ।

केन्द्रीय बैंकहरु पनि यो सस्तो ऋणको कारोबारमा भएको लगानी र यसको असर पनि हेरिरहेका छन् । बैंक अफ इंग्ल्यान्डले एक्लै सरकार तथा कर्पोरेटका लागि ८९५ बिलियन पाउन्डको बन्ड खरिद गर्ने योजना बनाएको छ । गत मार्च महिनादेखि अहिलेसम्म अमेरिकी फेडले पनि तीन खर्ब डलर सम्पत्ति खरिद गरेको छ ।

यो खरिदारीको उद्देश्य ऋणलाई अझ बढी सस्तो बनाउनु नै हो । जब यो पैसा बन्डको खरिदारीका रुपमा अर्थव्यवस्थामा आउँछ तब यो विभिन्न अर्थव्यवस्थामा कारक बन्छ ।

नाफका भन्छिन्, ‘यसले पैसाको मूल्यमा गिरावट आएको छ र यो सस्तो पैसा वित्तीय सम्पत्तिको मूल्य बढाइरहेको छ । हामी दुनियाभरीको स्टक मार्केटमा भइरहेको देखिरहेका छौं ।’

५ ठूला कम्पनीहरु
जब हामीले बजारको प्रदर्शनलाई हेर्छौ तब आमरुपमा हामी कम्पनीहरुको समूह भएको इन्डेक्स पनि हेर्छौ । साना कम्पनीहरुको प्रदर्शनको साटो ठूला कम्पनीको वृद्धिको इन्डेक्स भ्यालूमा ठूलो प्रभाव हुन्छ ।

तर खासगरी अमेरिकामा ठूला कम्पनीहरु निकै ठूला भएका छन् । यो वर्ष टेक कम्पनीहरुका लागि राम्रो भइरहेको छ । मानिसहरु टाढा टाढा काम गर्ने भएकाले उनको आयमा बढोत्तरी भएको छ । उदाहरणका लागि न्यासडेक कमपनीले वर्षको शुरुवातमा बढोत्तरी देखेको छ । तर ५ वटा कम्पनीको कामात्रै, गुगलका स्वामित्व भएको एल्फाबेट, माइक्रोसफ्ट, अमेजन, तथा फेसबुकको मूल्य अन्य ९५ वटा कम्पनीको पूरा जोड जत्तिको बराबर नै छ ।

स्यू नाफ भन्छिन, ‘यस्तो अवस्थामा सेयर बजार इन्डेक्सलाई हेरेर अमेरिकामा कोरोा भाइरसको प्रभाव परेको छैन भन्ने लाग्न सक्छ । तर यस्तो होइन । इन्डेक्स मात्रै हेरेर सबै कमपनीको अवस्थालाई सही अनुमान लगाउन सकिने अवस्था हो भन्न सकिन्न ।

१० वर्षको ट्रेन्ड
एक इन्डेक्समा केही ठूला कम्पनीहरुको वर्चश्व तथाकथित निष्क्रिय लगानीको उदयसँग जोडिएको हुन्छ । जसमा फेसनर्स, मनी म्यानेजर्स तथा सट्टेबाज इन्डेक्सलाई प्रभावित गर्नेहरु सस्तो मूल्य भएका सेयर खरिद गर्न सक्छन् । इसलिए जब लगानीकर्ता इन फन्ड्सलाई खरिद गरेर बढोत्तरीमा सहयोग पुर्याउँछन् ।

युनिभर्सिटी अफ वारविकमा वित्तीय बजारमा एक शोधकर्ता योहानस पेट्रे भन्छन्, ‘पछिल्लो १० वर्षमा तपाईं एक ट्रेन्ड देख्न सक्नुहुन्छ कि पैसाको प्रवाह सक्रिय फन्डसबाट निष्क्रिय फन्डसतर्फ भइरहेको छ ।’

कैयन कम्पनीहरु आफ्नो आकारका कारण इन्डेक्समा जोडिन्छन् र अलग हुन्छन् । तर सधैभरी यस्तो हुँदैन । ठूला कम्पनीहरु सेयर बजार इन्डेक्सका हिस्सा नभएका पनि हुन सक्छन् ।

उदाहरणका लागि योहानस पेट्रे भन्छन्, ‘यो महिना एसएन्डपी५०० इन्डेक्समा प्रवेश गर्ने इलेक्ट्रिक कार निर्माता कम्पनी टेस्लाले फन्डबाट सेयर खरिद गर्नका लागि समस्या भएका कारण सेयरका लागि अतिरिक्त १०० बिलियन डलरको माग गरिरहेको छ ।’

घबराहट
ब्रोकरेज फर्म थिमिस ट्रेडिङमा एक साझेदार जो सोलोजीका अनुसार यतिबेला गिरावटका लागि अवस्था तयार छ । कैयन लगानीकर्ताहरु बजार सधैभरी माथि गइराख्ने भन्ने हुँदैन भन्ने ठान्छन् । तर त्यो गिरावट कहिले हुन्छ भन्ने यकिन गर्न गाह्रो छ ।

सोलोजीका अनुसार उनी सीएनएमा दिइने इन्डिकेटर हेर्छिन्, जसको नाम फियर एन्ड ग्रीड इन्डेक्स हो । एक समय त्यो निकै उचाइमा थियो तर अहिले तल झरेको छ । उनी भन्छिन्, ‘जब मैले यो देख्छु तब लाग्छ कि मानिसहरुमा घबराहट छैन ।’

उनले अर्को प्वाइन्टमा नजर राखिन त्यो हो बजार बढ्नुको तुलनामा बजारमा आएको गिरावटमा लागेको सर्तको अनुपात । सन् २०१२ पछि बजारमा बढेका कारण लाग्ने सर्तहरु त्यो घट्नुको तुलनामा धेरै थियो ।

मानिसहरु ठूलो गल्ती के गर्छन् भने अहिले बजार बढेको समयमा राम्रो आम्दानी भएको छ र यही समयमा सेयर बिक्री गर्नु सबैभन्दा राम्रो समय हो । हामीलाई लाग्छ कि हामी बजारभन्दा धेरै होसियार छौं । जबकी यस्तो होइन । न तपाईं होसियार हुनुहुन्छ न त अरु कोही होसियार छन् ।

नाफका अनुसार केही ठूला कारणहरु हुन्छन्, जसका कारण बजार आफै चलायमान हुन्छन् । धेरै मानिसहरु जसको जागिर गुमेको छैन । उनीहरु यतिबेला कम खर्च गरिरहेका छन् । तर उनीहरु पछि खरिदारी गर्न चाहन सक्छन् । सरकार यो संकटलाई हेर्दै सायदै मितव्ययिताको बाटो अपनाउनेछ ।

सोलोजीका अनुसार जब बजार तल आइपुग्छ तब यो हेर्न रोचक हुनेछ कि लगानीकर्ताहरु कस्तो बाटो अपनाउँछन् । खासगरी नयाँ लगानीकर्ताहरु जो नयाँ बजारको उतारचढावको अनुभव लिइरहेका छन् उनीहरु छिट्टै फाइदा लिएर निस्कन चाहन्छन् । यस्ता मानिसहरुको संख्या कम भए पनि उनीहरु बजारका एक सक्रिय हिस्सा भने पक्कै हुन् । -बीबीसी


क्लिकमान्डु