आजदेखि एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा शुल्क लाग्ने



काठमाडौं । आजदेखि एउटा बैंकको एटीएम प्रयोग गरी अर्को बैंकको एटीएमबाट पैसा झिक्दा शुल्क बुझाउनु पर्ने भएको छ ।

कोरोना महामारी शुरु भएसँगै राष्ट्र बैंकले सर्वसाधरणको सुविधाका लागि अन्तर बैंक एटीएम प्रयोग गर्दा शुल्क नलाग्ने व्यवस्था गरेको थियो । तर माघ १ गतेदेखि भने शुल्क लाग्ने भएको छ ।

नेपाल राष्ट्र बैंकले निर्देशिका अनुसार एउटा बैंकको एटीएम अर्कोमा प्रयोग गर्दा महिनामा २ वटा कारोबारसम्म निःशुल्क दिनुपर्ने छ भने त्यसपछि प्रति कारोबार २० रुपैयाँ शुल्क लाग्ने छ ।

बैंक तथा वित्तीय संस्थाले ग्राहकलाई पूर्व जानकारी गराएर मात्र इन्टरनेट मोबाइल, एसएमएस बैंकिङको शुल्क लिन पाउने छन् ।


क्लिकमान्डु