सुनको मूल्य प्रतितोला ८ सयले घट्यो



काठमाडौं । बिहीबार सुनको मूल्य प्रतितोला ८ सय रुपैयाँले घटेको छ ।

बुधबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ९ सय रुपैयाँ कायम भएकोमा बिहीबार घटेर ९२ हजार १ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९१ हजार ६ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ४५ रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु