प्रतिनिधिसभा विघटनविरुद्धको रिटको अर्को सुनुवाई शुक्रबारका लागि तोकियो



काठमाडौं । प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्च अदालतमा परेको रिटको सुनुवाई फेरि शुक्रबारका लागि सरेको छ ।

अधिवक्ताहरुले रिटलाई संवैधानिक इजलासबाट बृहतपूर्ण इजलासमा लैजानुपर्ने विषयमा आज पनि बहस गरेका थिए । तर आजको बहस नटुंगिएपछि शुक्रबारका लागि अर्को पेशी तोकिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर तथा न्यायाधीहरु विश्म्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपनाप्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले शुक्रबारका लागि अर्को पेशी तोकेको हो ।

शुक्रबारको इजलासमा बृहत पूर्ण संवैधानिक इजलासमा लैजान कि नलैजाने निर्णय गर्न सक्नेछ ।

आजको इजलासमा अधिवक्ताहरु रमण श्रेष्ठ तथा हरि उप्रेतिलगायतले बहस गरेका थिए भने सरकारका तर्फबाट महान्यायाधिवक्ता अग्नी खरेल र प्रधानमन्त्रीको तर्फबाट वरिष्ठ अधिवक्ता सुशील पन्तले बहस गरेका थिए ।


क्लिकमान्डु