रसियाले नेपाललाई २ करोड ५० लाख थान कोरोनाविरुद्धको खोप पठाउने



काठमाडौं । रसियाले नेपाललाई कोरोना विरुद्धको २ करोड ५० लाख थान स्पुतनिक भी भ्याक्सिन पठाउने भएको छ । त्यहाँको परराष्ट्र मन्त्रालयले यसको पुष्टि गरेको अन्तर्राष्ट्रिय समाचार एजेन्सी रोयटर्सले जनाएको छ ।

यसअघि गत स्वास्थ्य मन्त्रालय र नेपालका लागि रसियन राजदूत अलेक्सइ ए नोविकोवबीच नेपाललाई खोप उपलब्ध गराउने विषयमा छलफल भएको थियो । राजदूत नोविकोवबीचले नेपाललाई रसियाले छैटौं प्राथमिकतामा राखेको समेत बताएका थिए ।

नेपालमा रसियाबाट खोप ल्याउनका लागि यसअघि नै ट्रिनिटी फार्माच्युटिकल्सले सम्झौता गरेको थियो ।


क्लिकमान्डु