सुनको मूल्य प्रतितोला १ सयले बढ्यो



काठमाडौं । बुधबार सुनको मूल्य प्रतितोला १ सय रुपैयाँले बढेको छ ।

मंगलबार छापावाला सुनको मूल्य प्रतितोला ९२ हजार ८ सय रुपैयाँ कायम भएकोमा बुधबार बढेर ९२ हजार ९ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यसैगरी, तेजावी सुनको प्रति तोलाको मूल्य ९२ हजार ४ सय रुपैयाँ रहेको छ । साथै, चाँदी प्रतितोला १२ सय ६० रुपैयाँ कायम भएको छ ।


क्लिकमान्डु