चन्द्रागिरि हिल्सको आइपीओमा रेकर्ड ब्रेक, अहिलेसम्मकै बढी आवेदन



काठमाडौं । चन्द्रागिरि हिल्सको साधारण सेयर (आइपीओ)मा माग भन्दा बढी आवेदन गर्नुका साथै आवेदनले पनि नयाँ रेकर्ड कायम राखेको छ ।

अहिलेसम्मकै सबैभन्दा बढी आवेदन चन्द्रागिरि हिल्सको आईपीओमा परेको छ । उक्त आईपीओमा २ करोड ४४ लाख ७४ हजार ५३० कित्ताको लागि आवेदन परेको छ ।

आवेदन खुला भएको अन्तिम दिन १२ लाख ५१ हजार १० जना आवेदकले २ अर्ब ४४ करोड ७४ लाख ५३ हजार रुपैयाँको आवेदन दिएको सिडिएससीले जनाएको छ ।

हिल्सले १५ करोड ३४ लाख ९ हजार १०० रुपैयाँको कुल १५ लाख ३४ हजार ९१ कित्ता आइपीओ निष्कासन गरेको थियो । उक्त आईपीओमा ६१ हजार ३६४ कित्ता कम्पनीका कर्मचारी र ७६ हजार ७०५ कित्ता म्युचुअल फन्डलाई छुट्याइएको थियो ।

बाँकी रहेको १३ लाख ९६ हजार २२ कित्तामा मात्रै सर्वसाधारणले आवेदन दिन पाउने व्यवस्था गरिएको थियो । यसको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।


क्लिकमान्डु