सिजीका एसीहरुको खरिदमा नि:शुल्क जडानको व्यवस्था

क्लिकमान्डु २०७७ पुष २८ गते १४:५१ मा प्रकाशित

काठमाडौं । नेपालकै सबैभन्दा ठूलो इलेक्ट्रोनिक्स ब्राण्ड सिजीले ग्राहकहरुलाई सिजीका एसी खरिदमा निशुल्क जडानको व्यवस्था गरेको छ । सिजिले इन्भर्टर वाल माउन्ट एसि, स्प्लिट टाईप एसि तथा अन अफ वाल माउन्ट स्प्लिट टाईप एसिहरुको खरिदमा निशुल्क जडान गर्ने व्यवस्था गरेको जनाएको छ ।

जसबाट ग्राहकहरुले जडान गर्दा लाग्ने २५ सय रुपैयाँ बराबरको खर्च जोगाउ सक्नेछन् । यस्तै, यी एसिहरु जाडो र गर्मी दुबै मौसममा प्रयोग गर्न मिल्नेछन् । साथै, विजुलीको कम खपत गर्ने गर्दछ । जाडो मौसममा जीवन सरल, सहज बनाउदै विद्युतमा पनि बचत गराउनु यी एसिहरुको विशेष उद्देश्य रहेको कम्पनीले जनाएको छ ।

कम्पनीका अनुसार यी एसिहरुमा ५ वर्षको वारेन्टी पाउनुका साथै काठमाडौ क्षेत्र भित्रमा २४ घण्टा भित्र नै जडान गरिदिने व्यवस्था पनि रहेको छ ।

ट्वीटरमा हामीलाई फलो गर्नुहोस्

तपाईको प्रतिक्रिया

हाम्रो सिफारिस

सम्बन्धित
टिप्स